बाँपीझ्याला, काठमाण्डौं । गैरआवासीय नेपाली संघ, क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग माग गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले अनुरोध पत्र बुझाएको हो।
क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरिप्रसाद ओझा र सचिव कोपिला अधिकारीद्वारा हस्ताक्षरित अनुरोध पत्र बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले न्युयोर्क पुगेर बुधबार प्रधानमन्त्रीलाई बुझाएका हुन्।
करिब एक लाख नेपाली रहेको क्यालिफोर्नियामा यथाशिघ्र कन्सुलर कार्यालय स्थापनाको माग गरिएको हो।
प्रधानमन्त्रीलाई अनुरोध पत्र बुझाएका ढुंगानाले प्रधानमन्त्री एनआरएनहरूको मागमा सकारात्मक भएको बताए।
'प्रधानमन्त्रीले क्याबिनेटमा प्रस्ताव राख्छु भन्नुभएको छ। परराष्ट्र मन्त्रीले पनि जिम्मेवार निकायसँग परामर्श गरेर अगाडि बढ्ने भन्नुभएको छ', ढुंगानाले भने। नेपालीहरूले आफ्नो आवश्यक कागजातको लागि निकै कष्ट र व्ययभार बेहोर्नुपरेका अवगत गराउँदै पत्रमा भनिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij