Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

परराष्ट्रमन्त्री एनपी साउद र उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता

परराष्ट्रमन्त्री एनपी साउद र उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता

बाँपीझ्याला, काठमाण्डौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटवार्ता भएको छ ।

आइतबार सम्पन्न सो भेटमा उनीहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ।

साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार