
बाँपीझ्याला, दोलखा । ग्रामीण विकास टुकी संघ चरिकोट, दोलखाले भाद्र २८ गते ४६औं टुकी दिवस तथा २१ औं बार्षिक साधारण सभा हाम्रो रेडियोको सभा हलमा सभ्य र भव्य रुपमा सम्पन्न गरेको छ । संघका सचिव खड्गकुमारी गुरुङले संचालन गर्नु भएको उक्त कार्यक्रमा उपस्थित प्रमुख अतिथी, विशेष अतिथी, अतिथी तथा शुभचिन्तक महानुभावहरुलाई टुकि सघं, टुकी सदस्यहरुको तर्फबाट उपाध्यक्ष लाल बहादुर घिसिङले स्वागत भाषणबाट स्वागत गर्नु भएको थियो ।
संघका अध्यक्ष श्री मकरध्वज पाख्रिनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यता, भिमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण ईस्वर नारायण मानन्धरको विशेष आतिथ्यता र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि, जिल्ला पत्रकार महासंघका अध्यक्ष श्री दिपशंकर चौलागाई आतिथ्यता र टुकी शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो ।

नेपालमा ग्रामीण विकासका विभिन्न नमुनाहरु प्रयोग भइरहेको सन्दर्भमा एउटा सफल नमुना वि.सं. २०३४ सालमा प्रतिपादित ‘टुकी अवधारणा’ हो । ‘टुकी’ भन्नाले नेपालका गाउँघरहरुमा प्रयोग हुने मट्टितेलबाट बालिने एउटा परम्परागत बत्ति हो । गाउँबस्तीका झुपडीहरु समेत उज्यालो बनाउन प्रयोग हुने यही ‘टुकी’ को नाममा तालिम प्राप्त किसानहरुको परिचयलाई जोडिएको संस्था हो टुकी ।
यसै गरी ‘टुकी’ लाई गाउँघरमा उज्यालो दिने, विकासको बाटो पहिल्याउने र त्यसको अनुशरण गर्ने साधनको रुपमा सोचियो । प्रत्येक टुकीलाई नयाँ सोचाई अनुरुपको उन्नतशिल कृषक केन्द्रको अगुवा बनाउने सोचाइ राखियो । यसै बेला देखि गाउँमा रहेका तालिम प्राप्त अगुवा र स्वयम्सेवि किसानहरुलाई गाउँघरमा उज्यालो फैलाउने ‘टुकी’ को रुपमा चिनिन थालियो । यसरी विभिन्न समयका कालखण्डहरु पार गर्दै टुकी अवधारणाले गौरवमय ईतिहासको ४५ औं वर्ष पुरा गरि ४६औ बर्षमा प्रवेश गरेको छ । यसै क्रममा ग्रामीण विकास टुकी संघ, दोलखाले टुकी अवधारणा सुरुवात भएको वि.स. २०३४ साल भाद्र २८ गते आफ्नो स्थापना दिवसको सम्झानास्वरुप प्रत्येक वर्षको भाद्र २८ गते टुकी दिवसकोरुपमा मनाउँर्दै आईरहेको छ ।

यसै गरी उक्त कार्यक्रममा संघले जिल्लामा बिशेषत स्थानिय तह, नगर तथा गाउँपालिकाहरु, जिल्ला स्थित विभिन्न संघिय तथा प्रदेश सरकार अन्तर्गतका सरकारी कार्यालयहरु, गैरसरकारी संस्थाहरुसँग सहकार्य र समन्वय गरेर समुदाय स्तरमा काम गर्दै आइरहेको छ । समुदायमा आधारित विकास प्रणालीलाई स्थापित गराउन ग्रामीण विकास टुकी संघ चरिकोट, दोलखाले गर्दै आएका कार्यहरु जिल्लामा महत्वपूर्ण रहेको छ ।
यस संघले दोलखा जिल्लाका गाउँ र कुना काप्चामा रहेका आफ्ना ६ शय भन्दा बढी सदस्यहरुको सक्रियतामा काम गरिरहेको छ । यस संघले स्थानीय समूह मार्फत चेतना र विकासका कामलाई गाउँटोल र बस्तीस्तरसम्म पु¥याएको छ । जनकेन्द्रित विकासको अवधारणालाई अवलम्वन गरेर यसले स्थापनाकाल देखि नै दोलखा जिल्लामा एकिकृत सामुदायिक विकासका क्रियाकलापहरु सञ्चालन गरिरहेको छ भने संस्थागत विकासका पाटोमा पनि अग्रसर रहेको छ । ग्रामीण विकास टुकी संघ दोलखा समाज कल्याण परिषद् र गैरसरकारी संंस्था महासंघ नेपालमा समेत आवद्ध रहेको छ ।

४६औं टुकी दिवस तथा २१ औं बार्षिक साधारण सभामा शुभकामना मन्तव्य दिने क्रममा नेपाल पत्रकार महासंघका दोलखा जिल्ला अध्यक्ष दिपशंकर चौलागाईबाट दोलखा जिल्लाका समाज समुन्नत र समृद्ध वनाउन संघको भूमिका महत्वपूर्ण बताउनु हुँदै समाचार कसरी संलेषण गर्ने भन्ने विषयमा संघबाट विगतमा प्रकाशन हुने उकाली मासिक सामुदायिक प्रत्रिका मार्फत पत्रकारहरुको समाचार लेखन सिप र क्षमता विकासमा सहयोग पू¥याएको अभिव्यक्ती दिनु भयो । यसै गरी संघका संस्थापक अध्यक्ष दिवंगत लाल बहादुर बस्नेत, दिवंगत बालनन्द शिवाकोटी, संस्थापक सदस्य एवं पुर्व अध्यक्ष हर्कमान पाख्रिन, जय प्रसाद दहाल र रोच कुमारी चौलागाईले विकास प्रक्रियामा पु¥याउनु भएको योगदान समेतको चर्चा गर्नु भएको थियो । संघले वार्षिक कार्यक्रम मार्फत आफ्ना गतिविधिहरु सार्वजनिक गर्ने संस्था कमै छन् तर ग्रामिण विकास टूकी संघले आफ्नो वार्षिक कार्यक्रम प्रत्येक वर्ष साधारण सभा द्धारा सार्वजनिक गर्दै आएको समेत चर्चा गर्नुभयो ।

यसै गरि दोलखा जिल्लाका सामुदायिक बन उपभोक्ता महासंघ दोलखाका अध्यक्ष जगन नाथ बस्नेतले टुकी भनेको आफू वलेर अरुलाई उज्यालो दिने हो, पुरानो विशिष्ट ९त्थउष्अब०ि शब्द हो । कृषक दाजूभाइ तथा दिदी वहिनीहरुले टूकीको परिचय दिदै समूदायमा टूकी चिनाउनु पर्दछ र कार्यक्रम संचालन गर्नु पर्दछ भन्नु भयो ।
मेलुङ्ग गाउँपालिका वडा नं.४ का कार्यबाहक वडा अध्यक्ष रामेश्वर अधिकारीले अन्न र फलफूल लगाउन सिकाउने कृषकले वा संस्थाले देश बनाउन सक्दछ । वन्य जन्तु नियन्त्रण गर्न सबै तहबाट ध्यान दिनु पर्दछ साथै सहयोग हुनु पर्दछ भन्नु भयो ।
टुकी संघ, सुनकोशी सिन्धुपाल्चोकका अध्यक्ष राजेन्द्र भण्डारीले टुकी संघ, सिन्धुपाल्चोक भाइ संस्था र ग्रामीण विकास टुकी संघ, दोलखा दाइ संस्था (स्थापना क्रमसः वि .सं २०४९ र वि.सं २०४८ ) हुन् । ३७ वर्ष पछि भाद्र २८ गते नै कुशे औंशी परेको र यस संघको स्थापना पनि २८ भाद्र कुशे औंशीमा नै भएकोले यो वार्षिक उत्सव महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले मानवीय विकास सूचांकमा वागमती प्रदेश अगाडी भएकोले अन्तर्राष्ट्रिय दातृ निकायहरुको सहयोग वागमती प्रदेशमा कम हुन थालेको छ । यसकारण नेपाल सरकारसंग सहकार्य गरि कार्यक्रम संचालन गर्न प्रभावकारी हुन्छ । टुकीको मर्मलाई जिवित राख्न सहकारीहरुसंग सहकार्य र समन्वयन गरि कार्यक्रम संचालन गर्दा प्रभावकारी हुने, स्थानीय सरकारले टुकीको मर्मलाई वचाउन सक्रिय भूमिका हुनु पर्ने बारेमा समेत चर्चा गर्नुभयो ।

नेकपा माओबादी केन्द्र जिल्ला सचिब ज्योती श्रेष्ठले नेपालको ब्यवस्था परिवर्तन र दोलखा जिल्लामा विनासकारी भूकम्प, कोराना महामारीको वेला टुकी संघले गरेको योगदान स्मरणीय रहनुका साथै विशिष्ट स्थापना बनाउन सफल भएको बारेमा चर्चा गर्नुभयो । संघले समूदायस्तरका कृषकहरुका लागि उत्प्रेरणा, प्रविधि, ज्ञान र सिप दिन्छ भन्ने सोच विचार रहेको छ । यस संघले कार्य क्षेत्रलाई नेपाल भर वढाउदै कार्यक्रम संचालन गर्नु पर्दछ । हाल युवाहरु विदेश जाने लहरबाट रोकी स्थानीयस्तरमा नै रोजगारी श्रृजनामा अगाडि बढाउनु पर्ने समेत सुझाव दिनु भयो ।
नेपाली कांग्रेस जिल्ला सभापति श्री ब्रह्मा लामाले राजतन्त्र जीवितै हुदाँ नमूना संविधान निर्माणको लागि संविधान सभा अध्यक्ष दिवंगत सुवासचन्द्र नेम्वाङसंग सहकार्य गरेको सम्झना गर्नुभयो । दोलखा जिल्लामा टुकीहरुबाट असल कामहरु शुरु भएको छ । संघलाई आप्mनो तर्फबाट सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले वितरण मूखी विकास विकासको वाधक हो । देश व्यापार घाटामा गइ रहेको छ । उत्पादनमा ह्रास आउन नदिन के गर्ने ? सोच्नु पर्दछ । कृषिका तथ्यांकहरु केलाई सहि तथ्यांक एकिन गर्नु पर्दछ । कृषि उत्पादनमा ह्रास आउनाले कृषि पेशा प्रति निरासा पन आउदै छ । भोली आउने पुस्तालाई कृषिमा लाग्न उत्पे्ररित गर्न स्थानीय, प्रदेश र संघ ले निति ल्याउनु पर्ने बताउनु भयो । यसै गरी नैरास्यताको जीवन वाच्न बाट वचाउनु पर्दछ । कृषि नै मेरुदण्ड भएकोले कृषिलाई आयआर्जन मूलक वनाउनु पर्ने बताउनु भयो ।
शुभकामना मन्तव्यको क्रममा कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति, दोलखाका प्रमुख बजुराम घतानीले संविधान सभा अध्यक्ष सुवास नेम्वाङ प्रति जिल्लाको तर्फ बाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भयो । टुकीको मर्म, वस्तुगत अवस्थाको बारेमा विस्तृतमा जानकारी छ । आजको अवस्थामा टुकीको आवश्यकता छ तर परिवेस फेरिएको छ । यसमा राज्य गम्भिर छ । तर राज्यमा सिमित व्यक्तिहरुको पहँुच छ । संघले दोलखामा सञ्चालन गरेको कृषिको बजेट परिचालन र प्रयोग गर्न निगरानी र समन्वयन भूमिका निर्वाह गर्नु पर्दछ भन्नु भयो ।
यसै गरी दोलखा जिल्लाको खेती गरिएको जग्गा कम र बढी जग्गा बाँझो भएकोले सबै जग्गामा खेती गर्ने वातारण श्रृजना गर्नु नै संघको आजको आवश्यकता रहेको र वन्यजन्तुको आक्रमण पनि बढी भएको छ त्यसको ब्यवस्थापनमा समेत सबैले साझा प्रतिबद्धता तयार गरि कार्यान्वयन गर्नुपर्दछ, संघको सबै कार्यक्रममा आफु उपस्थित रहेको र संघको योजना वनाउदा निमन्त्रणा गर्नुहोस्, जिल्ला समन्वय समिति, दोलखाले संघलाई गर्ने कार्य प्रतिवद्धता व्यक्त गर्दै साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

संघको ४६ औं टुकी दिवस एवं २१ औं बार्षिक साधारण सभामा आर्थिक बर्ष २०७८/०७९ र २०७९/०८० को लेखा परिक्षण प्रतिवेदनमा आधारित संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरिएको थियो ।
संस्थागत तर्फ :
आम्दानी आ.व. २०७८/७९ मा रु. ९,०७,६८०।९८ र आ.व. २०७९/८० मा रु. ९,०९,७५७।३५ गरि जम्मा रु. १८,१७,४३८।३३ आम्दानी रहेको र संस्थागत खर्च आ.व. २०७८/७९ रु. १६,६९,४९३।३६ र आ.व. २०७९/८० मा रु. ११,७७,७७०।७५ गरि जम्मा रु. २८,४७,२५४।११ प्रस्तुत गरिएको थियो ।
परियोजनागत तर्फ :
अन्तमा, संघका अध्यक्ष मकरध्वज पाख्रीनबाट टुकी अवधारणा प्रवर्तक डा. कृष्णा कुमार पाडेँ, सम्मानार्थ सदस्य हरिहर सापकोटा, संस्थागत विकास सल्लाहकार श्री दामोदर कुमार तिम्लसिनाले पठाउनु भएको शुभकामना सन्देश बाचन गर्नुभएको थियो । यसै गरि साझेदार संस्था फोरुट, नर्वे, सिविन, नेपाल र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट प्राप्त शुभकामना सन्देश समेत बाचन गर्नुभयो ।
साथै यस कार्यक्रममा उपस्थित प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी, विशेष अतिथि भिमेश्वर नगरपालिका नगर प्रमुख इश्वरनारायण मानन्धर, अतिथिहरु नेपाली काग्रेस, दोलखाका जिल्ला सभापति बर्मा लामा, नेकपा माओबादी केन्द्रका जिल्ला सचिब ज्योती श्रेष्ठ लगायत पार्टी प्रतिनिधिहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई लगायत विभिन्न छापा, एफ.एम. रेडियोका पत्रकारहरु, टुकी संघ सुनकोशीका अध्यक्ष राजेन्द्र कुमार भण्डारी, आयोजक टिम, प्रतिनिधीहरु, कर्मचारीहरु, टुकी सदस्यहरु लगायत सम्पूर्ण टुकी शुभ चिन्तकहरुमा ४६औं टुकी दिवस र २१औं बार्षिक साधारण सभामा उपस्थित हुनु भई कार्यक्रमको गरिमा बढाउनु भएकोमा हार्दिक आभार व्यक्त गर्नु हुँर्दे धन्यबाद सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
अध्यक्ष मकरध्वज पाख्रिनको अध्यक्षतामा वन्द शत्र शुरु भएको थियो । बन्दसत्रमा संघमा कार्यरत लेखा प्रशासन अधिकृत दीपा कार्कीबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरी उक्त प्रतिवेदन माथी छलफल गरी बिभिन्न निर्णय गरिएको थियो ।
अन्तमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई संघको तर्फबाट जलपानको व्यवस्था गरिएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij