Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

पाकिस्तानको एक विकट पहाडी गाउँमा केबलकारमा अड्किएका आठ जनामध्ये दुई बालबालिकाको उद्धार

पाकिस्तानको एक विकट पहाडी गाउँमा केबलकारमा अड्किएका आठ जनामध्ये दुई बालबालिकाको उद्धार

बाँपीझ्याला, काठमाण्डौं । पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको एक विकट पहाडी गाउँमा केबलकारमा अड्किएका आठ जनामध्ये दुई बालबालिकाको उद्धार गरिएको छ । सेनाको हेलिकोप्टर सहायताले उनीहरूको उद्धार गरिएको हो । अन्यको पनि उद्धारकार्य जारी रहेको पाकिस्तानी अनलाइन पोर्टल डनले जनाएको छ ।

केबलकारभित्र अझै ६ जना छन् । दुई बालबालिकालाई सेनाले उद्धार गरेको थियो । उनीहरूको उद्धारका लागि हेलिकोप्टर गएपनि दिउँसो उद्धार गर्न सकेको थिएन । साँझ उनीहरूका उद्धार भएको हो । खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ । उक्त क्षेत्रमा अत्यधिक रुपमा हावा लाग्ने गर्दछ ।

सेनाले राति भएका कारण हेलिकोप्टरबाट उद्धार कार्य स्थगित गरेको छ भने वैकल्पिक माध्यमबाट उद्धारकार्य जारी रहेको पाकिस्तानको सरकारी टेलिभिजन पीटीभिले जनाएको छ । बिहान ७ बजे उक्त केबरकारको एउटा तार चुँडिँदा आकाशमै अड्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार