
बाँपीझ्याला, काठमाण्डौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मेट्रो रेल निर्माणका विषयमा यहाँस्थित रूसका राजदूतलगायतसँग छलफल गरेका छन् । आज नेपालका लागि रूसी राजदूत अलेक्सी नोमिकोसहितको टोलीसँग मेट्रो रेल, सडक, सुरुङ मार्ग र रेलका विषयमा छलफल भएको मन्त्रालयका सहसचिव अर्जुन थापाले जानकारी दिए ।
रूसको मस्को मेट्रो रेल विश्व प्रख्यात मानिन्छ । रूसको सहयोगमा विश्वका धेरै देशले मेट्रो रेल सञ्चालन गरेका छन । भारतका विभिन्न ठाउँमा पनि रूसी मेट्रो रेल नै सञ्चालन हुँदै आएको छ ।
मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा मेट्रो रेल र पूर्वपश्चिम रेल मार्गका विषयमा छलफल गरेका हुन् । केही समयमै रूसी संसद्का अध्यक्ष भ्याचिसलोभ भिक्टोरोभिज भोलोडिन नेपाल भ्रमणमा आउँदै छन् । उनको भ्रमणअघि मेट्रो रेल, पूर्वपश्चिम रेलमार्ग र भौतिक पूर्वाधारका विषयमा छलफल गर्न रूसी टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आएको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ ।

छलफलमा मन्त्री ज्वालाले काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने गरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । 'मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा छलफल भयो,' मन्त्रालयका सचिव केशवकुमार शर्माले भने ।
जवाफमा रूसी राजदूतले मेट्रो रेल निर्माणका लागि रूसी रेल्वे कम्पनी तयार रहेको बताएका थिए । त्यसका लागि ठोस प्रस्तावसमेत माग गरिएको छ ।
यस्तै, पोखरा–रिडी सडकका विषयमा पनि चासो देखाएको बताइएको छ । रूसी पक्षको चासोलाई मन्त्रालयले प्राथमिकतामा राखेको सहसचिव थापाले बताए । छलफलका क्रममा मन्त्री ज्वालाले नेपालका सयौँ इन्जिनियरहरूले रूसबाट तालिम र शिक्षा लिएको र उनीहरूको दक्षताले नेपाललाई सहयोग पुगेको बताएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij