
बाँपीझ्याला, काठमाण्डौं । नेपाली महिला दिदीबहीनीहरुलाई लक्षित गरी यस बर्षको तिजको लागि सकुना श्रेष्ठ मलेकुले ‘रमाइलो नहुने माइतीको गाउँ नै छैन’ भन्ने बोलको गीतको आज भाद्र २ गते अनामनगरमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।
समाजसेवी, महिला उद्यमी, गायिका सकुना श्रेष्ठ मलेकु स्वयम्ले रचेकी यस गितमा निर्देशन र संगीतमा एच.बी. सुनारले गर्नु भएको छ । त्यस्तै अडियो तर्पm एरेन्ज केशब बडुले गरेका छन् भने गायनमा गायिका सकुना श्रेष्ठ र मञ्जु उपासना रहेका छन् । नृत्य निर्देशक एकेन्द्र सारा संसार रहेका छन् ।

यसवर्षको तिज गितमा नेपाली चलचित्र जगतकी लोकप्रिय नायिका बरिष्ठ अभिनेत्री करिष्मा मानन्धर र केकी अधिकारीको प्रमुख भूमीका रहेको छ भने साथमा मोडेल अञ्जु सुनारको अभिनय रहेको छ ।

लामो समयको अमेरीका बसाई पछि नेपाल फर्केकि लोकप्रिय नायिका करिष्मा मानन्धरले आफ्नो सिने क्षेत्रको कार्यलाई निरन्तरता दिंदै पुनः चलचित्र क्षेत्रमा आएर अभिनेता सरोज खनालसँग ‘बगान’मा अभिनय गरेका छन् ।
यसको साथै यस गितमा प्रमुख भूमीकामा अभिनय गरेकी छिन् । यस गीतमा अर्की नायिका केकी अधिकारी, उदियमान नृत्यांगना अञ्जु सुनार र सकुना श्रेष्ठ स्वयमले पनि नृत्यमा अभिनय गरेकी छन् ।


गत बर्ष झै यसवर्षको तीजको गीतमा अभिभावकको भूमिकामा चरित्र अभिनेता र अभिनेत्रीमा देशभक्त खनाल र रमा थपलियाले अभिनय गरेका छन् । यस भिडियो गिती छायांकनमा सृङ्गारको कार्यभार सपना लम्साल र प्रमिला श्रेष्ठले सम्हालेकी छन् भने पुरै गिती चित्रणका निर्देशक एच.बी. सुनारले गरेका हुन् भने छायांकन/ सम्पादन दिनेश मुस्कान रहेका छन् ।

यस गीतमा कोरस पात्रको संयोजन र डिजाइन मारुनी रिकर्डिङ स्टुडियोले गरेका हुन् । यस गीतलाई बजार व्यवस्थापन र प्रचारप्रसारको लागि मिडिया पार्टनर भएर बाँपिझ्याला मिडियाले अधिकारिक जिम्मा लिएको छ । यसै गरी यस गित निर्माण सकुना श्रेष्ठ मलेकु र समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंको रहेको छ ।
विगत तीन चार वर्षको अन्तरालमा सकुनाले सांगितिक क्षेत्रमा अपार सफलता प्राप्त गरेकी छन् । जन्मघर भीमेश्वर नगरपालिकाको वडा नं. २ डोक्छेँ टोलका पिता दिलबहादुर श्रेष्ठ र माता नानीमैयाँ श्रेष्ठकी एक्ली छोरी हुन् सकुना श्रेष्ठ मलेकु ।
बाल्यावस्थादेखि नै लोक भाका, लोकनृत्यमा रुचि राखेकी सकुना सानै उमेरमा जब स्कुलमा शुक्रबारको दिन साँस्कृतिक कार्यक्रम हुँदा नाच्ने गरेको वहाँले आफुले सस्मरण गर्नु हुन्छ । त्यतिबेला आपूmले कथेर रचेर गीत गाउने कमै मात्रमा पाइन्थ्यो, जे जति गीत रेडियोमा आउँथ्यो त्यसैलाई साभार गरेर त्यही गीत गाउँदै नाच्ने गरिन्थ्यो । यसरी विगत तीन चार वर्षको दौरानमा तीज गीत, भजन र लोक गायनमा पनि अग्रपंक्तिमा रहेको हामीले पाउँछौं ।

यसरी यस वर्षको तिजको लागि आज सार्वजनिक गरिएको तिज गित “रानी झै गमक्क” नामको रमाइलो नहुने माइतीको गाउँ छैन बोलको गितलाई मनपराई लाईक, सस्क्राईभ र शेंयर गरि दिनु हुन पनी आफन्त, नातागोता र नेपाली संगित प्रेमी दिदीबहीनी र दाजभाई महानुभावहरुलाई आत्मादेखि हार्दिक आभार सहित सकुना श्रेष्ठ मलेकुले अनुरोध गर्नु भएको छ ।

सांगितिक क्षेत्रमा प्रवेशः
विगत २०७८ सालको अवसर पारेर २०७८ श्रावण २४ गते पहिलो प्रस्तुती “माईतीको आगन” बोलको गित सार्वजनिक गरिएको हो । जुन गितले तिजमा नेपाली दिदीबहीनीहरुको बिच चर्चित हुन पुग्यो ।
२०७९ भाद्र १३ गते दोश्रो प्रस्तुती वहाँको एक्कल गायनमा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह ल्याउन सफल हुनु भयो ।
तिज पर्व २०७९ को अवसर पारेर.२०७९ श्रावण २४ गते तेस्रो प्रस्तुती “तिजको लहर छ गाउँशहर” बोलको गित नेपाली सांगीतीक क्षेत्रमा ल्याई सक्नु भएको छ ।
यसै गरी २०७९ पौष १३ गते जन्मभूमी दोलखालाई सम्झी “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको चौथो गित सार्वजनिक गर्न सफल हुनु भएको छ । यो समेत सकुना मलेकुको छ वटा गित सार्वजनिक हुने भएको छ ।
यसै गरी २०७९ फागुण १ गते सोमबार “शिव भजन” संग्रह पाँचौ भजन संग्रह सार्वजनिक गरिएको थियो ।
यसै गरी छैटौं प्रस्तुतीमा नारी दिवसको अवसर पारेर नारी गित “कति सहन्छौं पिर व्यथा” २०७९ फागुण २३ गते सार्वजनिक गरिएको थियो ।
यसै गरी आज सातौ प्रस्तुती तिजको गित “रानी” नामको रमाइलो नहुने माइतीको गाउँ नै छैन भन्ने बोलको गित सार्वजनिक गर्न सफल हुनु भएको छ । यसरी छोटो समयमा वहाँले नेपालको सांगितीक क्षेत्रमा प्रवेश गर्ने वितिकै जुन सफलता हासिल गरेर अगाडी बढ्नु भएको छ । त्यस्को लागि हामीले कदर गर्ने पर्छ, जसले गर्दा वहाँको सफलताको लागि सहयोग पुगेको हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij