Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सलोनको 'सपनाको वेडिङ'

सलोनको 'सपनाको वेडिङ'

बाँपीझ्याला, काठमाण्डौं । अभिनेता आमेश भण्डारीसँग मिलेर केही गीत गाएका सलोन बस्‍नेतले रिलिजको संघारमा रहेको फिल्म जय होमा भने एकल गीत गाएका छन् । बिहीबार सार्वजनिक सपनाको वेडिङ् बोलको गीतमा सलोनले शब्द र स‌गीत पनि आफैँ तयार गरेका हुन् ।

सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र केकी र सलोनले अभिनय गरेका छन् । ुसपनाको वेडिङ्गु बोलको गीतको गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् । रोमान्टिक फ्लेवरमा तयार पारिएको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।

सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकको मन जितेकाले पनि अभिनेता बस्नेत आफैले तयार पारेको गीतबाट निर्माण टिम अझै आशावादी देखिन्छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् ।

सुरज ल्वागन ९सरकार० र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

https://youtu.be/CiVREYr7Vdc

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार