Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

स्वस्तिमा र मुकुनको फिल्म 'ऐंचो पैंचो' को टिजर (भिडिओ) सार्बजनिक

स्वस्तिमा र मुकुनको फिल्म 'ऐंचो पैंचो' को टिजर (भिडिओ) सार्बजनिक

बाँपीझ्याला, काठमाण्डौं । अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुषाल अभिनीत फिल्म 'ऐंचो पैंचो' को टिजर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चुनावी माहोल देखाइएको छ।

कृषा चौलागाईंले निर्देशन गरेको फिल्ममा स्वस्तिमा र मुकुनसँगै वर्षा राउत, कोसिस क्षेत्री, सुशील सिटौला, राजाराम पौडेल, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, सरिता गिरी, रविन्द्र झालगायत कलाकारको अभिनय छ।

पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई विपिन मल्ल र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

कृषाको यो डेब्यू निर्देशित फिल्म हो। उनले यसअघि 'इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलाँस' जस्ता फिल्म निर्माण गरेकी थिइन्।

यो फिल्म भदौ १४ गतेदेखि प्रदर्शन हुनेछ। यहि मितिमा अभिनेता मुकुन भुषालको अर्का फिल्म 'गणपति' पनि प्रदर्शन हुने भएको छ।

https://youtu.be/S_IC2TnMiYs

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार