Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

'गदर २' को 'उड जा काले कावा' गीत सार्वजनिक

'गदर २' को 'उड जा काले कावा' गीत सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता सनी देओल र अमीषा पटेलको आगामी फिल्म 'गदर २' को गीत सार्वजनिक भएको छ। बिहीबार जी-म्यूजिक कम्पनी युट्युब च्यानलमार्फत 'उड जा काले कावा' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा सनी र अमीषालाई देख्न सकिन्छ।

उदित नारायण र अल्का याग्निकको स्वर रहेको गीतलाई मिथूनले पुनः निर्माण गरेका हुन्। अनन्द बक्शीको शब्द रहेको गीतमा उत्तम सिंहले संगीत भरेका थिए।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

नजीव खानले छायांकन गरेको फिल्मलाई सञ्जय संखलाले सम्पादन गरेका हुन्।

यो फिल्म अगस्त ११ देखि प्रदर्शन हुनेछ।

https://youtu.be/7VppHj0Rue0

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार