
बाँपीझ्याला, काठमाण्डौं । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेशा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।

यसै गरी दोलखाबाट उपत्यका आएर आ–आफ्नो पेशा व्यवसायमा संलग्न महिला दिदी बहीनी आवद्ध संस्था समकालिन एकता समाज नेपाल दोलखा–काठमाण्डौंले धान दिवस एवं अषाढ १५ को अवसरमा भक्तपुर स्थित सुर्यविनायक नगरपालीका वडा नं. ३ स्थित चित्रपुरमा संस्थाका कार्यसमिती सदस्य पुष्पा जोशीको खेतमा धान रोप्ने काम सम्पन्न गरी धान दिवस एवं अषाढ १५ भव्यताका साथ मनाएको छ । यसै गरी उक्त धान रोपाईमा मोर्डन ईङलीस स्कुलका शिक्षिकाहरु र छात्रछात्राहरुको पनी सहभागीता रहेको थियो ।

यसबारेमा संस्थाका अध्यक्ष सकुना श्रेष्ठ मलेकुसँग जिज्ञासा राख्दा हामी बच्चादेखिनै धान रोप्ने काम सिक्दै आएको र पछिल्लो चरणमा राज्यले अषाढ १५ लाई धान रोप्ने दिवसको रुपमा मान्यता दिएकोले आजको दिन सम्पूर्ण नेपालीहरुले धान दिवस एवं अषाढ १५ विशेष रुपमा मनाउने गरेको पाईन्छ । यसै गरी आफु लगायत समकालिन एकता समाज नेपालका सदस्यहरुले करिव ३०–३५ को अन्तरालमा यसरी धान रोप्न पाएकोमा खुसी व्यक्त गर्नु हुन्छ ।

तर यसपाली मनसुन शुरु भएपनी बर्षा समयमा नभएकोले किसानहरु छिपछिपे पानीमा धान रोप्न बाध्य भएका छन् । यसै गरी किसानहरु वर्षभरीका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन गाउँदेखि शहरसम्म उपलब्ध भएसम्म असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

पूर्व संस्कृती एवं पर्यटन उड्यन मन्त्री आनन्द प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा अखिल नेपाल किसान महासंघ काठमाण्डौंको आयोजनामा धान दिवस सम्पन्न भएको छ ।
यसै गरी धान दिवसको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तीकारी काभ्रेको सहयोगमा अखिल नेपाल किसान महासंघ क्रान्तीकारी काभ्रे मन्डनदेउपुर नगर कमिटीको आयोजनामा काभ्रेमा आज धान दिवस मनाएको छ भनी अधिवक्ता राममाया तमाङले हामीलाई बताउनु भयो ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । कुनै पनी शुभकार्यका लागि जन्मदिन, घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहेको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइन्छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।




केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij