
बाँपीझ्याला, काठमाण्डौं, जापान, ओसाका । दोलखा समाज जापान कान्साई समितिले जापान भ्रमणमा रहनु भएकी प्रतिनिधिसभा सदस्य सांसद सोबिता गौतमको प्रमुख आतिथ्यतामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य गौतमले विकसित देशमा सिप सिकेर युवाहरुले आफ्नो देशको विकासममा लाग्नु गर्नू पर्ने बताउनु भयो ।
देश फर्कने वातावरण बनाउन म हर प्रयत्नले लाग्ने छु सांसद गौतमले भन्नु भयो विकसित देशको सिस्टम हेरर आफ्नै मैलिक किसिमको नेपाल बनाउन पनि सबैले प्रयत्न गर्नू पर्नेमा जोड दिनु भयो ।

दोलखा घर भए पनि काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित सांसद गौतमलाई दोलखा समाज जापान कान्साई क्षेत्रिय समितिले ओसाकाको स्नोलाईन नेपाली रेस्टुरेन्टमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।
समाजका अध्यक्ष अन्जन कुमार बस्नेतको सभापतित्वम भएको उक्त कार्यक्रम रामचन्द्र गिरीले संचालन गर्नु भएको थियो । कार्यक्रममा समाजका अलवा अन्य संघ संस्थाका व्यक्तित्वहरुको समेत सहभगिता रहेको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij