Oct 12 2026 | २०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

कस्ता विरामीका लागि पुदिना सेवन हानीकारक हुन्छ त ?

कस्ता विरामीका लागि पुदिना सेवन हानीकारक हुन्छ त ?

भान्सामा विभिन्न परिकारका खानामा प्रयोग हुने पुदिना ओषधीय गुण भएकाे वनस्पति हो । पुदिनामा औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पुदिना धेरै जसो मानिसहरुको घरमा पाइन्छ।

पुदीनाबाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।

पुदिना वा पुदिनाको पातमा आफैमा धेरै औषधीय प्रभावहरु रहेका हुन्छन, जसको सेबनले शरिरलाई अत्यधिक लाभदायक मानिन्छ। पुदिनाको पातले हरियो सलाद, चटनी, राइता र पुदीना चियासहित विभिन्न प्रकारका खानाहरूमा छुट्टै र अद्वितीय स्वाद थप्छ।

पदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पदिना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूट्रिन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ ।

यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुदिनामा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ । पदिनामा कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ ।

यसको सम्भावित स्वास्थ्य लाभहरू भए पनि कतिपय अवस्थामा यो हानिकारक पनि हुने भएकाले यसको प्रयोग गर्नु अघि तपाईंले एक योग्य चिकित्सकसँग परामर्श भने गर्नुपर्छ।

तर यो विश्वास गरिन्छ कि जब कुनै चीज आवश्यकता भन्दा बढी प्रयोग गरिन्छ, यसको साइड इफेक्ट हाम्रो शरीरमा देखा पर्दछ। यसरी धेरै मात्रामा पुदिनाको सेवनले केही नोक्सान हुन सक्छ ।

पुदिनाबाट हुन सक्ने बेफाइदाहरू
१. ग्यास्ट्रो ओसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूले पुदिनाको प्रयोग नगर्न सुझाब दिइन्छ ।
२. गर्भावस्थामा पुदिनाको चिया पिउनाले गर्भपतनको जोखिम धेरै पटक बढ्छ, त्यसैले महिलाले गर्भावस्थामा यसको प्रयोग गर्नु हुँदैन।
३. पुदिनाको अत्याधिक प्रयोगले तपाईको मिर्गौला र आन्द्रालाई हानि पुर्‍याउन सक्छ।
४. मृगौलाको रोगीले नियमित पुदिना सेवन गर्दा झन समस्यामा ल्याउन सक्छ ।
५. यसले रगतमा चिनिको मात्रा कम गराउँछ ।
६. ७-८ बर्ष भन्दा मुनिका बालबालिकाको लागि पुदिना राम्रो मानिदैन ।
७. जसको छाला संवेदनशील छ, उनीहरूलाई मेन्थोलसँग एलर्जी हुन सक्छ। त्यसैले तिनीहरूले यसको सेवन गर्नुपर्छ र यसबाट टाढा रहनुपर्छ।
८. कलेजोको बिरामीले पनि सकेसम्म पुदिनाको सेवन नगर्नु राम्रो हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार