
३१ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । ख्याति प्राप्त हास्य कलाकार मदनकृष्ण श्रेष्ठद्वारा संगीत तथा रचना गरिएको हास्य कलाकार ‘राता मकै’ को स्वरमा आवद्ध भएको नेपाल भाषाको गीत ‘छन्त खँसां निसे’ (तिमीलाई देखे देखि) भन्ने बोलको भिडियो गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
उमेरको सातौं दशकमा पनि नेपाली नेपाल भाषा गीत लेखन र संगीत भर्नमा तल्लीन आदरणीय हास्य नाट्यकमीं, सिनेकर्मी मदनकृष्ण श्रेष्ठको गीत र संगीतमा रातामकै नामले लोकप्रिय कलाकार किरण केसीले यस गीतमा सुमधुर स्वर भरेका छन् । नृत्य, अभिनय र समुदायगत भाषामा समेत पोख्त किरण केसीको महिमा अपरम्पार छ । अलौकिक छ ।
यस गीतको छायांकनमा पनि खोट लाउने ठाउँ खोज्दाको हैरानी हुन्छ । यस गीतको भिडियो कलाकारमा किरण केसी र हिसिला महर्जनको प्रमुख भूमिका छ भने मदनकृष्ण श्रेष्ठ, शोभा महर्जनले पाश्र्व कलाकारको रूपमा अभिनय गरेका छन्, त्यस्तै सहायक नृत्य कलाकारहरूमा सकुना श्रेष्ठ मलेकु, सरिता महर्जन, मन महर्जन, आशा खड्का र किरण श्रेष्ठ रहेका छन् ।

नृत्य निर्देशक सुरेन्द्र तुलाधरले गरेका हुन् भने यस भिडियो गीतका निर्माता गोपालकृष्ण महर्जन हुन् । यस भिडियो गीत छायांकनमा सिनेअटोग्राफर सोहन मानन्धरले गरेका छन् । निर्माण प्रबन्धक राजन चौलागाईँ ‘खैराते’ले गरेका हुन् ।
यस गीतमा सह नृत्याङ्गना कलाकार सकुना श्रेष्ठ मलेकुले पहिलो पटक नेपाल भाषा गीत छायांकनमा अभिनय गरेकी छिन् । यसभन्दा पहिले उनी आफैले गाएका भजन गीत, तीज गीत, लोक शैलीका गीत, सामाजिक चेतनाका गीतहरू सार्वजनिक भैसकेको छ भने अब निकट भविष्यमा दोलखा भीमसेनका आरती भजन लिएर आउँदैछिन् ।
हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र सहमित्र ख्यातीप्राप्त कलाकारद्वार निर्माण गरिएको ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ नामक नेपाली कथानक चलचित्रको छायांकन गायिका सकुना श्रेष्ठकै घर धोबीघाट परिसरमा भएको थियो । त्यतिबेला देखि सकुना श्रेष्ठ मलेकुको मनमा आपूmले पनि गीत गाउने इच्छा पालेर बसेकी थिइन् तर समयले साथ नदिएकोमा अलिक पछि परेकी हुन् । अन्ततः वहाँको इच्छा र चाहना उनका आराध्यदेवले पूरा गरिदिएको छ । हाल उनी हरेक समय संगीत सकधनामा व्यतित भैरहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij