
२८ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । नाबालिग बलात्कारको अभियोगमा एक वर्ष जेल बिताएका अभिनेता पल शाहले सोही समयको झल्को दिने गरी म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘तिमीलाई हेर्ने बानी पर्यो’ शीर्षकको गीतमा बनेको भिडियोमा विगतका वर्षमा उनले भोगेका सादृश्य क्षणहरू उतारिएको छ । १ वर्षको जेल बसाइपछि अदालतले उनलाई निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएको थियो ।
अनु चौधरीको स्वर रहेको गीतको भिडियोमा पल शाह जेल गएको र उनी जेल गएपछि परिवारले गरेको संघर्षलाई स्थान दिइएको छ । त्यसैगरी उनका लागि हरेक धर्म समुदायका मानिसले प्रार्थना गरेको पनि देखाइएको छ । वास्तविक जीवनमा पनि पल शाहको रिहाइका लागि भन्दै माइतीघरमा प्रदर्शन भएको थियो ।
भिडियोमा उनी १ वर्षपछि छुटेको र उनलाई माला र पूजाआजासहित घर भित्र्याइएका दृश्य पनि दुरुस्त राखिएको छ ।
जेल जीवन बिताएर फर्किएपछि मेला महोत्सवमा देखिएका पल शाह भिडियोमा पहिलोपल्ट देखिएका हुन् । भिडियोमा उनले अभिनयसँगै निर्देशन पनि गरेका छन् । यही गीतको पुरुष स्वरलाई पनि पल आफैँले निर्देशन गरेका थिए । गीतको सिर्जना र गायन भने पुष्पन प्रधानले गरेका हुन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij