
७ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । वैशाख १ बाट १५ दिन सरेको फिल्म ‘नाईँ नभन्नू ल ६’ले नयाँ गीत सार्वजनिक गरेको छ । फिल्मले बाल गीतको रुपमा लामो समयदेखि चर्चित गीत ‘कबाट कछुवा’लाई नयाँ भर्जनमा तयार गरेको हो ।
भूपेन्द्र रायमाझीको संगीत रहेको नयाँ भर्जनलाई बेनिशा पौडेलले आवाज दिएकी छिन् । गीतमा शब्द रचना डा सुबोधकुमार पोखरेलको रहेको छ । भिडियोमा प्रियंका कार्की र एभलिना खड्का फिचर्ड छन् । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
विकासराज आचार्यको निर्देशन रहेको फिल्म आउँदो वैशाख १५ मा प्रदर्शन हुँदैछ । फिल्ममा आँचल शर्मा र आशिर्वाद क्षेत्रीको मुख्य भूमिका रहेको छ । फिल्म भित्र केकी अधिकारी र प्रियंका कार्की अतिथि भूमिकामा रहेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij