बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो समय कृषि खेतीमा युवाहरुको आकर्षण निकै बढ्दो छ । स्थानीय तहसँग जनताको सिधा पहुँच हुने भएकोले पनि सजिलो पेशाको रुपमा कृषिपेशा युवाहरुको रोजाईमा परेको हो ।
अझ बेलाबेलामा बाँडिने अनुदान, प्राविधिक तालिमले उनीहरुलाई उत्साहित बनाएको छ । तर, यस्ता कृषि क्षेत्रमा लाग्ने युवाहरुले कृषि विज्ञसँग प्राविधिक परामर्श नगरी कृषि पेशामा हात हाल्दा धोका पाउने गरेका छन् ।
स्याङ्जाको पुतलीबजार-३ मा सुनकागती लगाएका कृषकको बँगैचामा युरीका लेमन अर्थात ठुलो अमिलो जातको फल फलेपछि फर्मका संचालक मोहम्द बक्छ निराश भएका छन् । तीन बर्षमा फल पाउने आशमा ८ रोपनी जग्गामा लगाइएको कागतीले फरक फल दिएपछि चार बर्षदेखीको मेहनत खेर गएको हो ।
किसानले प्राविधिक परामर्श नगर्दा र व्यापारीसँग सल्लाह नलिँदा किसानहरु धोकामा पर्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई सुन्तला सुपर जोनका कृषि प्राविधिक इन्द्र सुवेदीको भनाई छ ।
बजारमा पाईने विरुवा खरिद गर्नु, व्यापारीसँग कृषि परामर्श लिनु र अध्यायन विना कृषि क्षेत्रमा लाग्नु पछिल्लो समय कृषकलाई घातक हुने गरेको छ । अरुको देखासिकी गरेर कृषि खेतीमा लाग्नुभन्दा प्राविधिकसँग सल्लाहा लिँदा कृषकले गरेको मिहिनेत खेर नजाने कृषि बिज्ञको सुझाब छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij