
३ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । वरिष्ठ लोकगायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत लाहुरेः ठाडो भाका सार्वजनिक भएको छ । नयाँ वर्ष २०८० वैशाख १ गते सार्वजनिक भएको गीतमा शब्द तथा संगीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी ताराश्रीष मगरले गर्बुजालाई गायनमा साथ दिएकी छन् ।
‘लाहुरेको मनको कुरा बोलेको छ यो गीतले । गण्डकी अञ्चलमा रहेका गुरुङ मगरहरू लाहुरे जाँदा गाइने गीत हो, लाहुेर’, गीतको सन्दर्भ जोड्दै भने उनले । गर्बुजालाई सालैजो सोरठी, यानिमाया ठाडो भाका कौरा झ्याउरे ख्यालीजस्ता लोकप्रीय गीतलाई पुनर्जीवन दिएर युवा जमातमा लोकप्रिय बनाउने अग्रणी लोकगायक हुन् ।

गायक गर्बुजाले पुराना गीतलाई भिडियोमार्फत दर्शकमाझ ल्याउने बताए । कालीगण्डकीको सेरोफेरोमा मौलिकपन झल्किने गायक गर्बुजा सालैजो, ठाडो भाका, यानीमाया, कौराजस्ता गीत गाउँदै आएका छन् । तीस वर्षदेखि लोकदोहोरी गीतमा आफ्नो स्वर दिदै आएका गायक गर्बुजाको लाहुरे ठाडो भाकाले लाहुरेको कथा भन्छ । गीतको भिडियोमा पुराना अभिनेता राहुल केसी र अभिनेत्री केकी अधिकारीको रहेको छ ।
राजु केसीको निर्देशनमा तयार भएको गीतलाइ रक्षा बानिया र आकाश केसीले निर्माण गरेको हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको लाहुरेमा केसीएम युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij