३ बैशाख, बाँपीझ्याला, काठमाण्डौं । सीमा संरक्षणको सन्देश दिने कथावस्तु बोकेको फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित शीर्ष कलाकारको अभिनय छ । नयाँवर्षको अवसरमा सार्वजनिक गीतले राष्ट्रिय हितको पक्षमा उभिन आह्वान समेत गर्छ ।
गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवि शाह समेत फिचर्ड छन् । गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने संगीत मणी थापाले दिएका छन् ।
शब्द रचना मिलन कान्छा किराँतीले लेखेका छन् । फिल्मको कथा अभिनेता तथा निर्माता समेत रहेका खड्काले लेखेका हुन् । कार्यकारी निर्मातामा गायिका समेत रहेकी सत्यकला राई छिन् । माकिको राई र अन्जु केसी निर्माताको रुपमा छन् ।
प्रदर्शन मिति भने घोषणा भएको छैन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij