बाँपिझ्याला काठमाण्डौँ । प्रदर्शनको संघारमा रहेको प्रतिक्षित फिल्म ‘बिहे पास’ को शीर्ष गीत ‘मायाको बिहे पास..’ शुक्रबार सार्वजनिक गरिएको छ । प्रताप दासको स्वर, बिष्णु भण्डारीको शब्द र सरोज पोखरेलको संगीत रहेको गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो ।
फिल्मको मुख्य बिषय र भाव प्रस्तुत गरिएको गीतमा दयाहाङ राई र प्रकृति श्रेष्ठलगायतका अधिकांश कलाकारलाई देख्न सकिन्छ । गीतको सम्पादन र भिएफएक्स समीर मियाँले गरेका हुन । फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन भने प्रस्तुतकर्तामा रोहित कटेल र कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् ।
शिव ढकालले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन् । रामजी लामिछानकोको कोरियोग्राफी रहेको फिल्मको कथा मर्रे केर,आकाश बराल र सजन काफ्लले लेखेका हुन भने पटकथा आकाश र सजनले बुनेका हुन् । फिल्मको निर्मातामा रोजन श्रेष्ठ तथा सहनिर्मातामा ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन छन् ।
फस्र्टलुक पोस्टर र टिजरबाटै दर्शकको चासो र प्रतीक्षामा रहन सफल फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई,बिशाल पहाडी, बुद्धि तामाङ, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने,नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij