Aug 22 2026 | २०८३, भाद्र ६ गते

Aug 22 2026 | २०८३, भाद्र ६ गते

अमेरिकाले मानव अधिकार उल्लंघन गरेको चिनियाँ प्रतिवेदनको निष्कर्ष

अमेरिकाले मानव अधिकार उल्लंघन गरेको चिनियाँ प्रतिवेदनको निष्कर्ष

१४ चैत, बाँपीझ्याला, काठमाडौं । चीनले सन् २०२२ को अमेरिकाको मानव अधिकार स्थितिबारे एक प्रतिवेदन सार्वजनिक गरेको छ। सो प्रतिवेदनमा अमेरिकाद्वारा मानव अधिकार उल्लंघन गरेको निष्कर्ष रहेको छ।

चिनियाँ अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको राज्य परिषद्ले मार्च २८ मा सार्वजनिक गरेको उक्त प्रतिवेदनमा अमेरिकाको मानव अधिकार क्षेत्रमा भएको उल्लंघनका तथ्यहरू सार्वजनिक गरिएको छ।

उक्त प्रतिवेदनमा अमेरिकाले नागरिकको अधिकार तथा हितको संरक्षण व्यवस्थामा गम्भीर कमजोरी गरेको साथै अमेरिकी प्रजातन्त्रमा दिन प्रतिदिन अव्यावहारिक, जातिभेद र असमानता बढ्दै गएको उल्लेख गरिएको छ।

यस्तै, तल्लो तहका सर्वसाधारणको आधारभूत जीवनमा बढ्दै गएको संकट, महिला तथा बालबच्चाको अधिकार तथा हित ऐतिहासिक रूपमा घटेको, अरू देशको मानव अधिकारमाथि हस्तक्षेप र न्यायमाथि उल्लंघन लगायतका विषयहरूले अमेरिकाले मानव अधिकार उल्लंघन गरेको चिनियाँ सरकारले आफ्नो प्रतिवेदनमा उल्लेख गरिएको छ।

अमेरिकाले आफूलाई मानव अधिकारको रक्षक मान्ने गरेको तर पैसाको राजनीति, जाति भेद, हतियार, प्रहरीको हिंसा, गरिबी तथा धनी बीचको भिन्नता लगायतका समस्या बढ्नुका साथै जनताको आधारभूत अधिकार तथा हित र स्वतन्त्रता झनै कमजोर बनेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार