
बाँपीझ्याला, काठमाण्डौं । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'पठान' ओटिटीमा प्रदर्शन भएको छ। बुधबार फिल्मबाट हटाइएको ३ दृश्य समावेश गर्दै प्राइम भिडिओमा प्रदर्शन गरिएको हो।
हलमा फिल्म प्रदर्शन हुनुअघि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले फिल्मको १० स्थानमा सेन्सर गरेको थियो। जसमध्ये अधिकांश संवाद थिए।
फिल्ममा समावेशी गीत ‘बेशरम रंग’ को दृश्य र फिल्मको संवाद परिवर्तन गरिएको थियो। उक्त गीतमा अभिनेत्री दीपिकाको पहिरन र पहिरनको रंगले हिन्दु धर्मको अपमान गरेको भन्दै आपत्ति जनाइएको थियो। गीतमा तीन दृश्य परिवर्तन गरिएको थियो।
सेन्सरले फिल्मका दृश्यहरू काटेपछि युए सर्टिफिकेट दिएको थियो। हटाइएको दृश्यहरूसहित फिल्म ओटिटीमा रिलिज भएपछि दर्शक उत्साहित भएका छन्।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख र दीपिकासँगै जोन अब्राहमको पनि मुख्य भूमिका छ। जनावरी २५ देखि प्रदर्शन भएकाे फिल्मले विश्वभरबाट १ हजार करोड भारू बढी कमाइ गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij