Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

आगामी भदौदेखि कृषि औजार कारखानाबाट व्यावसायिक उत्पादन सुरू हुने

आगामी भदौदेखि कृषि औजार कारखानाबाट व्यावसायिक उत्पादन सुरू हुने

२८ फागुन, बाँपीझ्याला, काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले सानो परिमाणमा मात्रै भए पनि कारखानाबाट उत्पादन थालिने बताए । ‘अबको ६ महिना भित्रमा सो कारखानाबाट थोरै मात्रामा भए पनि औजारहरु उत्पादन गर्न सुरु गरिने छ’ पुनले भनेका छन् ।

पुनकाअनुसार गत असोजमा सरकारले कारखाना मर्मतको जिम्मा दिएयता केन्द्रले ७० प्रतिशत मेसिनको मर्मत गरेको छ । ती मेसिनहरुको मर्मतका क्रममा केही कृषि औजारहरु उत्पादन भएको पनि उनले बताए । पुनकाअनुसार कारखाना व्यावसायिक रुपमा सञ्चालन गर्न आर्थिक स्रोत जुटाउन केन्द्रले अफ्नो जीवनी प्रकाशित गर्ने र त्यसबाट आएको रकम पनि कारखानामा खर्चिने छ ।

भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा गत हप्ता पराम्परागत कृषि औजारहरु उत्पादन भएको थियो । पुनकाअनुसार परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो लगायतका उपकरणहरु बनेका थिए ।

गत ३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहीअनुसार ११ असोज २०७९ मा सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौता अर्थ मन्त्रालय र केन्द्रबीच भएको थियो ।

अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार केन्द्रलाई कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मेवारी छ । सरकारले दिने भनेको २० करोड रुपैयाँ अहिलेसम्म प्राप्त नभएको केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार