
बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी, महिला उद्यमी, समकालिन एकता समाज नेपालका अध्यक्ष एवं गायिका सकुना श्रेष्ठ मलेकुको छैटौं प्रस्तुती “कति सहन्छौ पिर व्यथा” बोलको गित आज सार्वजनिक गरिएको छ ।
चन्द्रलोक प्रतिष्ठानको आयोजनामा नारी दिवसको अवसरमा आयोजना गरिएको साँस्कृतीक कार्यक्रमको अवसर पारेर उक्त गित आज राष्ट्रिय नाचघर जमलमा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय सभाका उपाध्यक्ष माननिय उर्मिला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा, महिला माननिय मन्त्री, सासंदज्युहरु, बिभिन्न पद र ओहदामा रहनु भएका मान्यजन महिला व्यक्तीत्वहरुको विशेष आतिथ्यता रहेको थियो ।
यसभन्दा अगाडी सकुना श्रेष्ठ मलेकु मञ्जु उपासनाको गायनमा नेपाली महिलाहरुको महान पर्व तिज २०७८ को अवसर पारेर २०७८ श्रावण २४ गते पहिलो प्रस्तुती “माईतीको आगन” बोलको गित सार्वजनिक गर्न सफल हुनु भएको थियो । जुन गितले तिजमा नेपाली दिदीबहीनीहरुको बिच चर्चित हुन पुग्यो ।
२०७९ भाद्र १३ गते दोश्रो प्रस्तुती वहाँको एक्कल गायनमा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह ल्याउन सफल हुनु भयो ।


तिज पर्व २०७९ को अवसर पारेर.२०७९ श्रावण २४ गते तेस्रो प्रस्तुती “तिजको लहर छ गाउँशहर” बोलको गित नेपाली सांगीतीक क्षेत्रमा ल्याई सक्नु भएको छ ।
यसै गरी २०७९ पौष १३ गते जन्मभूमी दोलखालाई सम्झी “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको चौथो गित सार्वजनिक गर्न सफल हुनु भएको छ । यो समेत सकुना मलेकुको छ वटा गित सार्वजनिक हुने भएको छ ।
यसै गरी भर्खर यही फागुण १ गते सोमबार “शिव भजन” संग्रह पाँचौ भजन संग्रह सार्वजनिक गरिएको थियो ।
यस नारी गितमा स्वर सकुना श्रेष्ठ मलेकु, शव्द एच.वि.सुनार, संगीत मञ्जु उपासना रहेको छ । यसै गरी छायाँङ्कनमा दिनेश मुस्कान, एरेन्ज विष्णु अधिकारी र केरियोग्राफर मञ्जु उपासनाको रहेको छ ।
“कति सहन्छौं पिर व्यहा” बोलको गित नारी दिवसको अवसरमा बजारमा ल्याउन पाएकोमा आफुलाई शौभाग्य ठान्नु हुन्छ गायिका सकुना श्रेष्ठ मलेकु ।

यसै गरी आफुले गाएको गितलाई मन पराई, सस्क्राईभ गर्न पनी वहाँले नेपाली दाजुभाई, दिदीबहीनी र सगीतप्रेमी नेपाली महानुभावहरुमा बिशेष आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
यसै गरी यस गितमा अभिनय स्वनिका बास्तोला, रश्मी भट्ट, राजकुमार, अञ्जु सुनार र सकुना श्रेष्ठ मलेकु आफैले अभिनय गरेको छ भनी बाँपीझ्याला डटकमलाई बताउनु भयो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij