Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

सुकना श्रेष्ठ मलेकुको पाँचौ सांगितीक प्रस्तुती शिव भजन “पार लगाउ प्रभु” बोलको भजन संग्रह सार्वजनिक

सुकना श्रेष्ठ मलेकुको पाँचौ सांगितीक प्रस्तुती शिव भजन “पार लगाउ प्रभु” बोलको भजन संग्रह सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी, महिला उद्यमी, समकालिन एकता समाज नेपालका अध्यक्ष एवं गायिका सकुना श्रेष्ठ मलेकुको पाचौं प्रस्तुती शिव भजन “पार लगाउ प्रभु” बोलको भजन संग्रह आज बागबजारमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ ।

यसभन्दा अगाडी सकुना श्रेष्ठ मलेकु मञ्जु उपासनाको गायनमा नेपाली महिलाहरुको महान पर्व तिज २०७८ को शुभ अवसर पारेर २०७८ श्रावण २४ गते पहिलो प्रस्तुती “माईतीको आगन” बोलको गित सार्वजनिक गरिएको थियो । जुन गितले उक्त बर्षको तिज पर्वमा नेपाली दिदीबहीनीहरुको बिच चर्चित हुन पुग्यो । जुन “माईतीको आगन” बोलको गितले समाजसेवी सकुना श्रेष्ठ मलेकुलाई नेपालको सांगितीक क्षेत्रमा स्थापित गर्न सहयोग पू¥याएको छ ।

यसै गरी २०७९ भाद्र १३ गते दोश्रो प्रस्तुती वहाँको एक्कल गायनमा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह ल्याउन सफल हुनु भयो ।

तिज पर्व २०७९ को अवसर पारेर.२०७९ श्रावण २४ गते तेस्रो प्रस्तुती “तिजको लहर छ गाउँशहर” बोलको गित नेपाली सांगीतीक क्षेत्रमा ल्याई सक्नु भएको छ । यसै गरी २०७९ पौष १३ गते जन्मभूमी दोलखालाई सम्झी “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको गित सार्वजनिक गर्न सफल हुनु भएको छ । आज सार्वजनिक गरिएको शिव भजन “पार लगाउ प्रभु” बोलको भजन गिती संग्रह समेत सकुना श्रेष्ठ मलेकुको २ वटा भजन संग्रह र ३ वटा गिती संग्रह सार्वजनिक गरिएको छ ।

यस शिव भजनमा स्वर सकुना श्रेष्ठ मलेकु, शव्द एच.वि.सुनार, संगीत मञ्जु उपासना रहेको छ । यसै गरी छायाँङ्कनमा दिनेश मुस्कान, एरेन्ज विष्णु अधिकारी र केरियोग्राफर मञ्जु उपासनाको रहेको छ भने बजार व्यवस्थापनमा बाँपीझ्याला मिडिया प्रा.लि. र अन्य सहयोगीमा दोलखा भित्र र बाहीरका सामाजिक संघ संस्थाहरु रहेको छ ।

शिव भजन “पार लगाउ प्रभु” बोलको गित आफु आज फागुण १ गते २०७९ मा सार्वजनिक गर्न सफल भएकोमा खुसी व्यक्त गर्नु हुर्दै यस शिव भजन “पार लगाउ प्रभु” बोलको भजन लगायत अन्य भजन, गिज सार्वजनिक गर्न भित्री मनदेखि सहयोग गर्नु हुने महानुभाव, व्यक्तित्व, सामाजिक संघ संस्था र बाँपीझ्याला मिडिया प्रति हार्दिक आभार व्यक्त गर्नु हुर्दै आगामी दिनहरुमा पनी यसै गरी सहयोग पाउनेमा आफु विश्वस्त रहेको समाजसेवी एवं गायिका सकुना श्रेष्ठ मलेकुले बताउनु भयो ।

https://www.youtube.com/watch?v=rT3-dfzkCWs

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार