
बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी, महिला उद्यमी, समकालिन एकता समाज नेपालका अध्यक्ष एवं गायिका सकुना श्रेष्ठ मलेकुको चौथो प्रस्तुती “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको गित आज एक कार्यक्रमका विच आफ्नै निवास सकुना अर्पाटमेन्ट पुल्चोकमा सार्वजनिक गरिएको छ ।

यसभन्दा अगाडी सकुना श्रेष्ठ मलेकु मञ्जु उपासनाको गायनमा नेपाली महिलाहरुको महान पर्व तिज २०७८ को अवसर पारेर २०७८ श्रावण २४ गते पहिलो प्रस्तुती “माईतीको आगन” बोलको गित सार्वजनिक गर्न सफल हुनु भएको थियो । जुन गितले तिजमा नेपाली दिदीबहीनीहरुको बिच चर्चित हुन पुग्यो ।
यसै गरी २०७९ भाद्र १३ गते दोश्रो प्रस्तुती वहाँको एक्कल गायनमा आधुनिक भजन संग्रह “श्याम सुन्दर खोजु कति गयौ कता तिर, कहिले बस्ने नन्द गाउँ कहिले बस्ने यमुना तिर” भन्ने सुन्दर बोल रहेको “श्यामसुन्दर खोजु कति” भजनको गिती संग्रह ल्याउन सफल हुनु भयो ।

तिज पर्व २०७९ को अवसर पारेर.२०७९ श्रावण २४ गते तेस्रो प्रस्तुती “तिजको लहर छ गाउँशहर” बोलको गित नेपाली सांगीतीक क्षेत्रमा ल्याई सक्नु भएको छ । यसै गरी आज जन्मभूमी दोलखालाई सम्झी “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको गित सार्वजनिक गर्न सफल हुनु भएको छ । यो समेत सकुना मलेकुको चारवटा गित सार्वजनिक भएको छ ।
यस गित “जन्मघर दोलखा हो, मेरो माईती घर” मा स्वर सकुना श्रेष्ठ मलेकु, शव्द उमा गौतम, संगीत रामचन्द्र अञ्जानको रहेको छ । यसै गरी छायाँङ्कन शालिकराम दुलाल र सम्पादक सविन विष्टको रहेको छ ।
निर्देशन बरिष्ठ पत्रकार रमेश खड्काको रहेको छ भने यस गितको निर्माण समकालिन एकता समाज नेपाल दोलखा–काठमाण्डौं रहेको छ भने व्यवस्थापनमा सहयोग बाँपीझ्याला मिडिया प्रा.लि.दोलखा काठमाण्डौ रहेको छ ।

नेपाली गित संगीतलाई अति माया गर्ने भगवान प्रति आस्था विश्वास राख्ने, समाजसेवालाई आफ्नो धर्म अनी कर्म ठान्ने समाजसेवी एवं समकालिन एकता समाज नेपालका अध्यक्ष गायिका सकुना श्रेष्ठ मलेकुको यो गित चौंथो गित हो । यसभन्दा अगाडी सार्वजनिक गरिएको गितले सर्वोउत्कृष्ठ प्राप्त गर्न सफल भई बिभिन्न पुरस्कार, पदकबाट सम्मान हुन पुगेको स्मरण गर्दै समाजसेवी एवं गायिका सकुना श्रेष्ठ साँगीतिक क्षेत्रमा प्रवेश सँगै आफ्नो सफलता अगाडी बढ्दै गएकोमा खुसी व्यक्त गर्नु हुर्दै यस गितलाई पनी दोलखा जिल्लावासी लगायत संगीत प्रेमी नेपाली दाजुभाई दिदीबहीनीहरुले मन पराई दिनु हुन्छ भनी आफु विश्वस्त रहेको बताउनु हुन्छ ।
आज सार्वजनिक गरिएको “जन्मघर दोलखा हो, मेरो माईती घर” बोलको गित जसेले प्राचिन शहर दोलखा भित्रको पर्यटकिय, साँस्कृतीक अनी धार्मीक महत्वलाई र जात्रामात्रा, चाडपर्वलाई परिचयात्मक विश्लेषण गर्न खोजिएको छ । जसले गर्दा यसको आफ्नै भिन्नै मौलिक महत्व रहेको पाईन्छ ।
यसरी सर्वाजनिक गरिएको गितलाई युव ट्युवमा sakuna shrestha नाममा गई लाईक, शेयर र सस्क्राईभ गर्न पनी वहाँले संगीत प्रेमी नेपाली दाजुभाई, दिदीबहीनी र शुभचिन्तक महानुभावहरुलाई आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij