बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी। न्युयोर्क - अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।
चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरू बरफ र हिउँले घेरिएका घरहरूमा फँसेका छन् ।
८ राज्यहरूमा मौसम–सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ, केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन् ।
आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।
बरफ र हिउले सडक, पुल, घर तथा बाहिर पार्किङ गरेर राखेका घर ढाकेका छन् ।
केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij