Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

लोकप्रिय गायिका अञ्जु पन्तको ‘मायाको सुरुवात’

लोकप्रिय गायिका अञ्जु पन्तको ‘मायाको सुरुवात’

बाँपीझ्याला, काठमाण्डौं । लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत ‘मायाको सुरुवात’ सार्वजनिक भएको छ । माया प्रेमका प्रसंग समेटिएको गीतमा गायिका पन्तलाई स्वरमा गायक अभिनय यादवले साथ दिएका छन् । गीतमा रविमानसिंह बस्यालको शब्द तथा टिका बोम्जनको संगीत छ ।

गीतको संगीत संयोजन साहष शाक्यले गरेका हुन् ।

गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री करुणा श्रेष्ठको अभिनय छ । प्रेमकथा देखाउने खोजिएको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा सरोज अधिकारीको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ ।

https://youtu.be/dWW3QanXOJk

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार