बाँपीझ्याला, दोलखा । प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन मंसिर ४ गते सम्पन्न भयो । यसै गरी केही जिल्लाहरुमा पुनः निर्वाचन भएर करिव आजसम्ममा नतिजा प्रकाशन भईसकेको छ ।
यसै गरी दोलखा जिल्लाको दक्षिणी भेगको १० वटा बुथमा पुनः निर्वाचन भई हिजो प्रदेश सभा र आज विहान प्रतिनिधी सभाको सदस्यको निर्वाचनको नतिजा प्राप्त भयो ।
जसमा प्रतिनिधी सभा सदस्यमा नेकपा माओवादीको तर्फबाट गंगा कार्की, प्रदेश सभा क मा नेपाली काँग्रेसको तर्फबाट कुन्दन राज काफ्ले र प्रदेश सभा ख मा एमालेको तर्फबाट भरतबहादुर केसी निर्वाचित हुनु भएको छ ।
यसै सन्दर्भमा प्रदेश सभा ख बाट नेकपा एमालेको तर्फबाट निर्वाचित हुनु भएका भरत बहादुर केसीज्यूले चुनावी अभियानमा घरदैलो कार्यक्रमको शिलसिलामा दोलखा भिमेश्वरको प्राङ्गणमा बाँपीझ्याला मिडियासँग भेटघाट भएको थियो ।
उक्त बेला वहाँले समृद्ध दोलखा बनाउनको लागि प्रतिवद्धता जाहेर गर्नु भएको थियो । यसरी वहाँले चुनाव अघि जुन प्रतिवद्धता गर्नु भएको थियो उक्त प्रतिवद्धता सन्देश दोलखाली जनताको मन मष्तीकमा साक्षात भगवान भीमेश्वरले पू¥याउन सहयोग गरेर होला वहाँ अत्याधिक बहुमतले निर्वाचित हुनु भएको छ ।
जुन प्रतिवद्धता वहाँको स्मरणको लागि हामीले यहाँ सम्प्रेशन गरेका छौं । साथै वहाँको कार्यकालको सफलताको कामना गर्दै हार्दिक बधाई व्यक्त गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij