नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ७ सप्तमी (३ भाद्र २०८३, १९ अगष्ठ २०२६) बुधबार, बाँपिझ्याला । कर्णाली प्रदेशसभाको बैठक बुधबार बस्दैछ। बैठकमा मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेसम्बन्धी पत्र सोमबार प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन्। नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते कर्णालीको मुख्यमन्त्री नियुक्त भएका थिए।
दुई दलबीच मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गरिने जानकारी दिएका छन्।
कुल ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का १४ र एमालेका १० जना प्रदेशसभा सदस्य छन्। एमालेको समर्थनसँगै मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्ने आधार बलियो देखिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij