बाँपीझ्याला, काठमाण्डौं । गायक हिमाल सागरको करिब एक वर्षपछि नयाँ गीत ए होर माया…यतिबेला बजारमा आएका छ । यो गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् ।
कोरोना साम्य भएपछि अमेरिकाको लागि एकल साँगीतिक टुरमा निक्लेका हिमाल सागरले त्यहाँ एक दर्जन राज्यमा कन्सर्ट गरे । आफ्नो साँगीतिक यात्रा सकेर नेपाल आएका उनको नयाँ गीत बजारमा आएको हो । उनको यो गीत भावना म्युजिक सोलुसन च्यानलबाट रिलिज भएको छ ।
लोक पप शैलीको यो गीतमा हिमाल सागरसँगै अनु चौधरीको स्वर रहेको छ । गीतमा शब्द विमल अधिकारीको छ । गीतमा संगीत पनि विमलले नै सृजना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । लामो समयदेखि मोडलिङ गरेका बिमलले गीतको भिडियोमा पनि मुख्य भूमिका निर्वाह गरेका छन् ।
‘विमल अधिकारीको शब्द संगीत मलाई मन परेका कारण यो गीत गाएको हुँ । करिब एक वर्षको अन्तरालमा यतिबेला यो गीत आएको हो ।’ उनले राजधानीसँग भने ।
यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । जसमा राजेश घिमिरेको छायाँकन र विकाश ज्ञवालीको सम्पादन छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij