Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

ऐतिहासिक “सालुगु गाचा सालेमते” बोलको नेपालभाषाको गीत

ऐतिहासिक “सालुगु गाचा सालेमते” बोलको नेपालभाषाको गीत

बाँपीझ्याला, काठमाण्डौं । सालुगु गाचा सालेमते बोलको यस नेपालभाषाको गीतको यो अति नै मनमोहक धुन सयौँ वर्ष पुरानो धुन हो । यहि धुनमा आधारित रहेर बनाइएको यस्तो प्रकारको गीतलाई नेपालभाषामा ध्याच्छुु (दोहोरी जस्तै) भनिन्छ ।

झण्डै लोप भइसकेको अवस्थामा रहेको यस धुनलाई गीतमार्फत पुनर्जीवन दिएर यसलाई नयाँ पुस्तामाझ पुर्याउने साथै नेवाः कला, संगीत तथा संस्कृतिलाई संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले हामी खोकनाबासी कुटुपुखु भजन खलः ले प्रकाशनमा ल्याएको छ ।

यस गितको निर्देशनमा गगन राज डंगोल, भिडियो स्क्रीप्टमा मुना डगोल, कजी राधे श्याम महर्जन, गुरु बिबिन्द्र डंगोल, राम गोविन्द महर्जन र रोज मान महर्जन रहेका छन । यसै गरी संगित, शब्द र रचनामा बिबिन्द्र डंगोल, रोज मान महर्जन, छाँयान्कन र ड्रोनमा सैलेश श्रेष्ठ लुभू (लुभू वेभ स्टुडियो) रहेको छ ।

यसै गरी सम्पादनमा एल एन डंगोल, रेकर्डिङ्ग, मिक्सिङ्ग र मास्तरिङ्गमा सुजन डंगोल र एम. यू. ए. मा केश कुमारी गुरुङ्ग रहनुका साथै कलाकारहरुमा मनोज महर्जन, नेरिशा महर्जन, दिपिशा डंगोल, निशा डंगोल, निश्चल डंगोल र अतुल डंगोल रहेका छन् भने अन्य सहयोगी कलाकारहरुमा २ दर्जन भन्दा बढी रहेको छ ।

https://youtu.be/ostEfnnLm_M?list=RDGMEM916WJxafRUGgOvd6dVJkeQ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार