बाँपीझ्याला, दोलखा । अमेरिकाको न्युयोर्क शहरका मेयर एरिक एडम्स संग आज भीमेश्वर नगरपालिकाको तर्फबाट नगर प्रमुख ईस्वरनारायण मानन्धरले भर्चुअल संवाद गर्नु भयो ।
शिक्षा तथा संस्कृतिको आदानप्रदान, द्धिपक्षिय सम्बन्ध, नेपाल जस्तो विकासोन्मुख राष्ट्रको नगरका नगरबासीको सामाजिक सुरक्षा, समुन्नती जस्ता बिषय नै हामी दुईको ‘बातचित’का प्राथमिकता बने भनेर नगर प्रमुख मानन्धरले भन्नु भयो ।
संसारको महाशक्ती राष्ट्रको प्रमुख शहरका मेयरले ‘बातचितका क्रममा एउटा प्रसंग सुनाउदा गर्वले छाती फुल्यो – ‘कोरोना माहमारीले न्युयोर्क शहर आक्रान्त भईरहेका बेला माहमारी नियन्त्रण र समस्यामा परेका शहरबासीहरुको सहयोगका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेसनका पदाधिकारी तथा न्युयोर्कमा रहेका नेपाली समुदायका अगुवा साथीहरुले पुर्याउनुभएको योगदान हाम्रा लागि प्रशंसनीय र अविष्मरणिय छ, जुन कहिल्यै भुल्ने छैनौं’ भनेकोमा नगर प्रमुख मानन्धरले गर्व गर्नु हुन्छ ।
न्युयोर्क शहर संग हाम्रो द्धिपक्षिय सम्बन्धका लागि ढोका उघारिदिने पहल गरेकोमा दोलखाका प्रिय कांग्रेस नेता, गिरिजा प्रसाद कोईराला (जिपिके) फाउण्डेसन अमेरिकाका उपाध्यक्ष, न्युयोर्क निवासी सुवर्ण लामा प्रति भीमेश्वर नगर परिवार कृतज्ञता जनाउदछ भनेर बताउनु भयो
। फाउण्डेसनका अध्यक्ष बिराटनगर स्थायी निवासी न्युयोर्क शहरमा नेपाली समुदायका अगुवा नेता सोमनाथ घिमिरे साथै अमित शाह प्रति आभार सहीत धन्यवाद दिनु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij