बाँपीझ्याला, काठमाण्डौं । जीटूजी सम्झौतामा भारतबाट ल्याउने भनिएको रासायनिक मल किन्ने प्रक्रिया सकिएसँगै आगामी सातादेखि मल नेपाल भित्रिने भएको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले मल नेपालसम्म ढुवानी गर्न बोरा प्याकिङ र लोडिङको काम गरिरहेको छ ।
हिउँदेबाली गहुँ, तोरी र आलुका लागि मल ल्याउन लागेकाले सक्दो चाँडो आइपुग्ने गरी काम गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले बताएको छ । पहिलो वर्ष १ लाख ७० हजार मेट्रिक टन मल ल्याउने गरी भएको सम्झौताअनुसार पहिलो खेपको पहिलो भेसलमा ३० हजार मेट्रिक टन युरिया ल्याउन लागिएको हो ।
कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटूजीबाट ल्याउन लागिएको मल ग्लोबल टेन्डरबाट ल्याइने मलभन्दा सस्तो पर्ने जानकारी दिए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij