Aug 20 2026 | २०८३, भाद्र ४ गते

Aug 20 2026 | २०८३, भाद्र ४ गते

'अंश मलाई देऊ' (भिडिओ)

'अंश मलाई देऊ' (भिडिओ)

बाँपीझ्याला, काठमाण्डौं । गायिका कमला थापाको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलबाट ‘अंश मलाई देऊ’ बोलको गीत सार्वजनिक भएको हो। शब्द, संगीत तथा एरेन्ज बाबुल गिरीको रहेको छ।

गीतको भिडिओमा छोराछोरी बराबर हुन् भन्ने सन्देश दिएको छ। छोरीले पनि छोरा समान अंश पाउनुपर्छ, बरु बिहे गरेर श्रीमानलाई माइतमै राख्ने भन्दै रमाइलो शैलीमा कथा प्रस्तुत गरिएको छ।

निर्देशक माइकल चन्दले निर्देशन गरेको भिडिओमा उषा उप्रेती र गीता ढुंगानालाई देख्न सकिन्छ। उषा र गीतासँगै कमला थापा, नारायण थापा, बेगबहादुर कार्की, दिपा कार्की, सुन्दर कार्की र सेजन कार्कीलगायत कलाकारको अभिनय छ।

नवराज उप्रेतीले छायांकन गरेको भिडिओलाई शिलन लम्सालले सम्पादन गरेका छन्।

निर्देशक माइकल चन्दले यो भिडिओमा नयाँ कन्सेप्टमा काम गरेको बताए। साथै उनले यस गीतलाई दर्शकले माया गर्ने विश्वास व्यक्त गरे।

https://youtu.be/_9WQd0ziwQo

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार