बाँपीझ्याला, काठमाण्डौं, वासिङटन डीसी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा उमेदवारी दिने घोषणा गरेका छन् । फ्लोरिडा राज्यमा भएको एक निजी पार्टीलाई सम्बोधन गर्दै ट्रम्पले औपचारिक रूपमा राष्ट्रपतिका लागि उमेदवारी घोषणा गरेका हुन् ।
गत हप्ताको मध्यावधि चुनावमा पार्टीको कमजोर प्रदर्शनका लागि रिपब्लिकन पार्टीका केही नेताहरूले ट्रम्पलाई दोष लगाएपछि उनको घोषणा आएको बीबीसीले जनाएको छ ।
दुई वर्षअघि राष्ट्रपति बाइडेनसँग पराजित भएका ट्रम्प अब सन् २०२४ मा निर्वाचनमा फेरि उमेदवार हुने छन् ।
मंगलबार राति पाम बीचमा आफ्नो मार–ए–लागो निजी क्लबको बलरूमबाट आमन्त्रित भिडलाई सम्बोधन गर्दै ७६ वर्षीय ट्रम्पले बाइडेन प्रशासनका कारण अमेरिका पतन हुँदै गएको बताए ।
“लाखौँ अमेरिकीहरूका लागि जो बाइडेनको नेतृत्वमा विगत दुई वर्ष पीडा, कठिनाइ, चिन्ता र निराशाको समय भएको छ,” उनले थपे, “अमेरिकालाई फेरि महान र गौरवशाली बनाउनको लागि म आज राति संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि मेरो उमेदवारी घोषणा गर्दै छु ।”
भाषणको केही समयअघि उनले संघीय निर्वाचन आयोगमा औपचारिक रूपमा आफ्नो राष्ट्रपतिको उमेदवारी घोषणा र कोष संकलन खाता स्थापना गरी कागजी कारबाही पूरा गरेका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij