बाँपीझ्याला, काठमाण्डौं । पाकिस्तानको एउटा निर्णय जसले फिल्मप्रेमीलाई आश्चर्यमा पारेको छ । उसले फिल्म ‘जोयल्याण्ड’लाई औपचारिक रुपमा ओस्कार अवार्डमा मुलुकको प्रतिनिधित्व गर्दै सिफारिस गर्यो ।
यतिबेला भने सोही फिल्मलाई पाकिस्तानले मुलुकभित्रै प्रतिबन्ध लगाइदिएको छ । सुन्दा आश्चर्य हुनसक्छ, तर यथार्थ यही हो ।
पाकिस्तानी अधिकारीहरुले स्याम सदिक निर्देशित फिल्म ‘जोयल्याण्ड’मा प्रशस्तै आपत्तिजनक दृश्यहरु समावेश गरिएकाले प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।
रोचक कुरा यो छ कि केही महिना फिल्मलाई सार्वजनिक हलमा प्रदर्शन गर्न अनुमति दिंदै सेन्सर सर्टिफिकेट जारी भएको थियो । यो फिल्मलाई केही फेस्टिभलमा पनि प्रशंसा मिलेको छ ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij