बाँपीझ्याला, काठमाडौं । दक्षिण कोरियाली सञ्चारमाध्यमले बीटीएस र ब्ल्याक आइड पिज ब्याण्डले पनि ओपनिङ समारोहमा भाग लिने उल्लेख गरेका छन् । तर यसबारे फिफाले आधिकारिक रुपमा केही बताएको छैन । दक्षिण कोरिया सरकारले केही विशेष कार्यक्रममा प्रस्तुति दिन सक्ने लचिलो सर्तसहित बीटीएसलाई सैन्य सेवामा सक्रिय हुन अनुमति दिएको छ । सोही नियमानुसार बीटीएस कतार विश्वकपमा पुग्ने समाचार कोरियाली मिडियाले लेखिरहेका छन् ।
यदि यी विवरण सत्य हुन् भने बीटीएस र ब्ल्याक आइड पिजजस्ता विश्वचर्चित सांगीतिक समूहले शकिरासँग मञ्च सेयर गर्नेछन् । बीटीएस हुन्डाई मोटर्सको एक गीतमा देखिएयता हलिउडमा पनि यो खबर ट्रेन्डिङ भइरहेको छ ।
केही दिनअघि बीटीएसका एक गायक जङकुक फिफाको एक प्रवर्द्धन भिडियो छायांकनका लागि कतार पुगेका छन् । उनको उक्त भिडियो र तस्वीर यतिबेला भाइरल बनिरहेको छ । जङ्कुकले कतारी सेनालाई अभिवादन गरेको दृश्य देखिएको छ । २० नोभेम्बरमा हुने उद्घाटन समारोहमा बीटीएसका अन्य सदस्यहरु उपस्थित हुनेछन् वा छैनन् त्यो पछि नै थाहा होला । तर के कुरा पक्का हो भने फिफा विश्वकपसँग बीटीएसको सहकार्य चाहिं हुनेछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij