बाँपीझ्याला, काठमाण्डौं । यमपञ्चकको तेस्रो दिन आज सोमबार कुकुर पूजा । इमान्दारपूर्वक सुरक्षामा खटिने कुकुरको मीठो खानेकुरा खान दिनुका साथै फूलमाला लगाइदिएर पूजा गरिएको छ ।
कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कुकुरले घरको सुरक्षामात्रै होइन, गोठालाको साथी पनि हो । प्रहरीलाई अपराध अनुसन्धानमा समेत कुकुरले साथ दिइरहेका छन् ।
प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका ९५ कुकुर छन् ।
नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषधसम्बन्धी काम गर्ने पाँच, अपराधीको खोजी गर्ने पाँच, विपद् व्यवस्थापन सम्बन्धी १६ र तालिमरत सात गरी ३८ कुकुर रहेका छन् ।
कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको पूजा गर्ने गर्छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरिन्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij