बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । भारतीय अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक भएको छ ।
चलचित्र ‘मिली’ को फर्स्ट लुक अक्टोबर १२ मा सार्वजनिक भएको हो । अभिनेत्रीले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै फिल्मको घोषणा गरेकी हुन् ।
‘मिली’ मा जान्हवी कपूर नर्सको भूमिकामा देखिनेछिन् । ‘मिली’ एक सर्वाइभल ड्रामा विधाको चलचित्र हो, जुन मलयालम चलचित्र ‘हेलेन’ को हिन्दी रिमेक हो । यस चलचित्रमा जान्हवी कपुरका अलावा मनोज पाहवा, बोनी कपुर र सन्नी कौशल पनि मुख्य भूमिकामा देखिनेछन् ।
विशेष कुरा के छ भने जान्हवी पहिलो पटक बुवा बोनीसँग ठूलो पर्दामा देखिने छिन् ।
जान्हवीको यो फिल्म नोभेम्बर ४ मा हलमा रिलिज हुँदैछ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij