बाँपीझ्याला, काठमाण्डौं । बाबुल गिरी र एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत रहेको छ भने, गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।
गायक गिरीका यस अघि हारले निखार ल्याउँछ मेरो जिन्दगी, नाचन बाटुली, नेपाल गए कपल संगै, च्वाक मिलाइदेउ, मायाले संसार चल्दैन पैसा नभए लगाएत थुपरै गीतहरु सार्ववनिक भै सकेका छन् ।
यो गीतको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । उनले भिडियोलाई राम्रो बनाएका छन् । भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ, रुबी पौडेलको अभिनय रहको छ ।
मोडल रुबी पौडेलले अभिनय गरेको यो पहिलो म्युजिक भिडियो रहेको छ । जसमा उनले चर्चित कलाकारसँग स्क्रीन सेयर गर्न पाएकी छिन् । पौडेलले आफ्नो पहिलो भिडियोबाटै अभिनयमा राम्रो सम्भावना देखाएकी छिन् ।
माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् । निर्देशक चन्दले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेका छन् । त्यसैले यस भिडियोमा पनि निकै मिहिनेतका साथ आफूले बनाएको र राम्रो प्रतिक्रिया आएको उनको कथन छ ।
यस गीतमा बाराही म्युजिक एन्ड इन्टरटेनमेन्ट इन्कले निर्माण गरेको यो भिडियोमा माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलरिङ गरेका छन् । भिडियो सार्वजनिक भएसँगै दर्शकले निकै रुचाएका छन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij