बाँपीझ्याला, काठमाण्डौं । फिल्म ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक भएको छ । तिहार छेकोमा कात्तिक १८ गतेदेखि रिलिज हुने फिल्मको गीतमा प्रविशा अधिकारी र कौशलराज खड्काको स्वर छ ।
रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापा फिचर्ड छन् ।
फिल्मले टिकटक प्रयोगकर्ताका लागि अफर पनि ल्याएको छ । सार्वजनिक गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सार्वजनिक गीतको क्लिप काटेर आफ्नै टिकटक एकाउन्टमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट पाँच छनोट गरेर क्रमशः २५ हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गर्ने जनाएको छ ।
कुशल शाह ठकुरी, सलोन बस्नेत र शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको फिल्मको कथा पनि निर्देशक थापाले नै लेखेका हुन् । विशाल पहाडी, शिशिर बाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चैमगरको पनि अभिनय छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij