बाँपीझ्याला, काठमाण्डौं । कात्तिक ८ गते प्रदर्शनको तयारीमा रहेको अक्षयकुमार स्टारर बलिउड फिल्म ‘रामसेतु’को टिजर सार्वजनिक भएको छ ।
यो फिल्म सन् २०२२ मा प्रदर्शन हुने अक्षयको पाँचौं फिल्म हो । फिल्ममा अक्षयले एक पुरातत्वविद्को भूमिका निर्वाह गरेका छन्, जसले रामसेतु पत्ता लगाउन र त्यसलाई बचाउने अभियानमा छन् ।
टिजरले फिल्मको कथाबारे धेरै खुलासा त गर्दैन, तर रामसेतु बचाउन तीन दिन मात्र बाँकी रहेको संकेत हामीलाई दिन्छ । कालो सुटमा अभिनेता नासार शक्तिशाली चरित्रमा देखिन्छन् ।
एक मिनेटभन्दा छोटो टिजरमा नुसरत भरुचा, ज्याकलिन फर्नान्डिज र सत्यदेव कञ्चरणा पनि देखिएका छन् । फिल्ममा एक्सन दृश्य समावेश गरिएको छ भने पानीमुनिका दृश्य र अक्षयको एक्सनले पनि धेरैको ध्यान तान्न सक्छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij