३ असोज, बाँपीझ्याला, काठमाण्डौं । भन कति माया गर्छौ मलाई' बोलको गीतको भिडियो बेलायतबाट रिलिज गरिएको छ । उत्तम जंग लिम्बु र दीपा लामाको स्वर रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम र रोमान्सका किस्साहरुलाई निर्देशक कुशल श्रेष्ठले प्रेमील ढंगले प्रस्तुत गरेका छन् । वैँशालु उमेरमा गहिरो प्रेममा परेका एक रोमान्टिक जोडी जसले एक अर्कालाई कति माया गछौँ मलाई भनी, तिमी मेरो शितल जुन र बिहानको किरण हौ जस्ता उपमा दिएर एक अर्काको प्रेममा परेका दृश्यहरु भिडियोमा जति हेर्यो उति हेरौँ हेरौँ लाग्छन् ।
भिडियोमा मोडलद्धय पदम गुरुगं र रिया पुन गुरुगंको प्रेम रोमान्सले भरिएको प्रस्तुती जति हेर्यो उति हेरिरहुँ जस्तो देखिन्छ । पटक पटक हेर्दा पनि धित नमर्ने सार्वजनिक गीतको भिडियो सकिएको दर्शकले पत्तै पाउँदैनन् । कारण हो बेलायतका रमणीय स्थानहरु र मोडलद्धयको गहिरो प्रेमाभाव । युवा निर्देशक श्रेष्ठको कमालको छायांकन पनि भिडियोको तारिफयोग्य अर्को पक्ष हो ।
निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द शृजना विनोद गुरुगंका हुन् भने गीतमा संगीत उत्तम जंग लिम्बुले भरेका छन् । संजय शाहको एरेन्ज रहेको गीतमा बिकाश धमलाको कलर रहेको छ भने दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ । जसमा मेकअप पनि कोरियोग्राफर दीपिकाकै रहेको छ । जसमा सह छायांकन गहेन्द्र शाक्यको रहेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij