Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

ग्रामीण विकास टुकी संघ दोलखाले तालिम हासिल गरेका १ सय ३५ जनालाई नयाँ सदस्यता प्रदान

ग्रामीण विकास टुकी संघ दोलखाले तालिम हासिल गरेका १ सय ३५ जनालाई नयाँ सदस्यता प्रदान

बाँपीझ्याला, दोलखा । ग्रामीण विकास टुकी संघ दोलखाले जिल्लाका बिभिन्न पालीकाबाट प्रतिनिधीत्व गराई शनिबार १ सय ३५ जना नयाँ सदस्य प्रदान गरिएको छ ।

संस्थाले सदरमुकामन चरिकोटमा आयोजना गरेको पाँच दिने प्रशिक्षणात्मक तालिम प्राप्त गरेका जिल्लाका विभिन्न पालिकाका १ सय ३५ जनालाई संस्थाको साधरण सदस्यता प्रदान गरेको छ । यसअघि ३ सय ९४ जना सदस्य रहेको टुकी संघमा थप १ सय ३५ जनालाई सदस्यता प्रदान गरेसँगै जम्मा सदस्य सङ्ख्या ५ सय २९ पुगेको छ भनी संस्थाकी सचिव खडग कुमारी गुरुङले बताउनु भयो ।

सुआहारा कार्यक्रमको सहयोगमा ९१ जना र फोरुट नर्बेको सहयोगमा सञ्चालित ओसेलिप परियोजनको सहयोगमा ४४ जनालाई टुकी सम्बन्धि तालिम प्रदान गरे सँगै सदस्यता प्रदान गरिएको छ भनी संस्थाका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले बताउनुभयो । तालिम गत बैशाख १२ देखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

संस्थाका अध्यक्ष मकरध्वज पाख्रिनको अध्यक्षता, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नयाँ सदस्यहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

२०४८ सालमा स्थापित संघले जिल्लाको ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर दातृ निकायको सहयोगमा तीन दशकदेखि दोलखा जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएर विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आईरहेको समेत कार्यकारी निर्देशक श्रष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार