३० जेष्ठ, बाँपीझ्याला, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदको नियमित कार्यक्रम स्थगन गरेर रासायनिक मल उपलब्ध गराउनेबारे छलफल गर्न माग गरेको छ ।
सोमबार एमालेका १५ जना सांसदले हस्ताक्षर गरेर अत्यन्त जरुरी सार्वजनिक महत्वको लिखित प्रस्ताव संसदमा पेश गर्दै उक्त प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।
उक्त छलफलका लागि संसद बैठकको कार्यक्रम स्थगित गर्न समेत एमाले माग गरेको छ ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार रासायनिक मलको उपलब्धताका लागि तत्काल जीटूजी विधिबाट भए पनि रासायनिक मल खरिद गरेर किसानलाई उपलब्ध गराउनु पर्ने माग गरेको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij