Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

चीनबाट २ सय ३२ मेट्रिक टन युरिया मल भित्रियो

चीनबाट २ सय ३२ मेट्रिक टन युरिया मल भित्रियो

बाँपीझ्याला, काठमण्डौं । चीनबाट रासायनिक मल नेपाल आउन थालेको छ । तातोपानी नाका भएर बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले जनाएको छ । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी ८ हजार ५ सय मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार