बाँपीझ्याला, काठमाण्डौं । सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा थियो । किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार किसानको माग अनुसार दूधको मूल्य सरकारले बढाएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब दिएको थियो ।
त्यसपछि गठन भएको अध्ययन समितिको सुझाव अनुसार मन्त्रालयले दूधको मूल्य बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको हो । दूधको मूल्य साढे दुई वर्षयता समायोजन भएको थिएन । यसअघि हरेक वर्ष मूल्य समायोजन हुँदै आएको थियो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij