बाँपीझ्याला, काठमाण्डौं । खोटाङमा अलैँची उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैँची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा अघिल्लो वर्ष ७८७.३६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।
अलैँची को फूल फूल्ने समयमा लगातार वर्षासँगै असिना पर्दा उत्पादन घटेको कृषकको भनाइ छ । अलैँची उत्पादनमा कमी आए पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष मूल्य वृद्धि हुँदा केही राहत मिलेको केपिलासगढी गाउँपालिका–१, फेदीका अलैँची कृषक मनकुमार तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चैत वैशाखको समयमा अलैँचीको बोटमा फूल लाग्छ । उचाइअनुसार भदौदेखि कात्तिकभित्रमा अलैँचीको फल टिप्नुपर्ने हुन्छ । यो वर्ष फूल फूल्ने समयमा असिना पानी परेर फूल झ(यो त्यसैले उत्पादन कम भयो । ” अघिल्लो वर्ष पाँच मन अलैँची उत्पादन गर्नुभएका तामाङले प्रतिमन २० देखि २५ हजार रुपियाँमा बिक्री गरेको बताउनुभयो । यो वर्ष उत्पादन आधा घटेर तीन मन पनि उत्पादन भएन तर प्रतिमन ४५ हजार रुपियाँ बिक्री हुँदा राहत मिलेको उहाँको भनाइ छ । एक मनमा ४० केजी हुन्छ ।
खोटाङमा करिब वि। सं। २०४५ सालबाट अलैँची उत्पादन गर्न सुरु गरिएको हो । सुरुवाती चरणमा राम्रो आम्दानी भएपछि अलैँची खेतीप्रति कृषक उत्साहका साथ होमिएका थिए तर पछिल्लो समय उत्पादनमा कमी, बजारीकरणमा समस्या र स्थिर मूल्य नहुँदा निराशा छाएको कृषक बताउँछन् ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij