Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

मकरध्वज पाख्रिन अध्यक्षमा निर्वाचित

मकरध्वज पाख्रिन अध्यक्षमा निर्वाचित

बाँपीझ्याला, दोलखा । ग्रामीण विकास टुकी संघ चरिकोट, दोलखाको २०७८ साल पौष २७ र २८ गतेसम्म सम्पन्न २० औं साधारण सभा तथा ८ औं अधिवेशनबाट श्री मकरध्वज पाख्रिनको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्वाचित भएको छ । संघको यस साधारण सभा तथा अधिवेशनको हिजो २७ गते चरिकोटमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

आज २८ गते संघको आफ्नै कार्यालय चरिघ्याङमा सम्पन्न निर्वाचनले यो नयाँ कार्य समिती चयन भएको हो । यस अनुसार पहिलो चरणमा जिल्लाको दुई नगरपालीका र ७ गाउँपालीकाहरुबाट कार्यसमितीको लागि सदस्यहरु निर्वाचित भएका थिए । यी निर्वाचित सदस्यहरुबाट पद विभाजन सहितको कार्य समितिको चयन गरिएको थियो ।

दोलखा जिल्लाको १ नगरपालीका र ६ गाउँपालीकाहरु प्रत्येकबाट १ जना महिला र १ जना पुरुष र खुल्लाबाट १ जना गरी १९ सदस्यीय कार्य समिति चयन गरिएको थियो । जिरी नगरपालीका र बीगु गाउँपालीकाबाट प्रतिनिधित्व गर्ने सदस्यहरु मतदानको प्रक्रियाबाट चयन गरिएको थियो । यस नव निर्वाचित कार्य समितिका १९ सदस्यहरु आफु मध्येबाट सर्वसम्मत रुपमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिब र सदस्यहरु चयन गरेका थिए ।

यसरी चयन गरिएको कार्यसमिती सदस्यहरु मध्येबाट उपाध्यक्ष, कोषाध्यक्ष र सचिव निर्विरोध चयन भएका थिए भने अध्यक्ष र महासचिव पदको लागि मतदान भएको थियो । अब यस कार्य समितिको अध्यक्षमा मकरध्वज पाख्रीन, उपाध्यक्षमा लालबहादुर घिसिङ, महासचिवमा रघुनाथ उप्रेती, कोषाध्यक्षमा बद्रीबहादुर कटुवाल, सचिवमा खड्गकुमारी गुरुङ र सदस्यहरुमा गंगा बहादुर बुढाथोकी, विष्णु सापकोटा, दुर्गादेवी पाठक, छवीमाया थामी, ताराबहादुर खड्का, देवी खत्री, कालिबहादुर तमाङ, रिने शेर्पा, रोचकुमारी चौलागाईं, कमलमाया सुनुवार, यतन बहादुर बस्नेत, सिता के.सी. रामेश्वर अधिकारी र शोभा पोखरेल रहेका छन् ।

ग्रामीण बिकासको सफल नमुनाकोरुपमा ४४ बर्ष अघि प्रतिपादित टुकी अवधारणालाई आत्मसात गर्दै दोलखा जिल्लाका टुकीहरुबाट वि.सं.२०४८ अषाढ ३१ गते बिधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार