Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

टुकी संघ दोलखाको बार्षिक साधारण सभा तथा अधिवेशन यही पौष २७ र २८ गते चरिकोटमा हुर्दै

टुकी संघ दोलखाको बार्षिक साधारण सभा तथा अधिवेशन यही पौष २७ र २८ गते चरिकोटमा हुर्दै

बाँपीझ्याला, दोलखा । ग्रामीण विकास टुकी संघ चरिकोट दोलखाको यही पौष २७ र २८ गते २० औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा हुन गई रहेको छ । संघको बिधान अनुसार दोलखा जिल्ला भित्र रहेका ७ गाउँपालीका र २ नगरपालीका गरी ९ पालिकाबाट प्रतिनिधी चुनिएर आएका टुकी सदस्यहरुले साधारण सभा तथा अधिवेशनमा भाग लिन पाउने प्रावधान रहेको ग्रामीण विकास टुकी संघका कार्यकारी निर्देशक पुर्षार्थ श्रेष्ठले बताउनु भयो ।

जिल्लाका पालिकाहरुबाट प्रतिनिधी चुनीएर आउदा पाँचजना बराबर एक जना प्रतिनिधी छनौट भएका टुकी प्रतिनिधी सदस्यहरुले यस साधारण सभामा सहभागी हुर्दैछन् । यसै गरी पालीकाको अध्यक्ष एक जना र पदाधिकारीमध्येबाट एक जना आउन सक्ने छन् जसमा अध्यक्ष र पदाधिकारी मध्ये एकजना महिला टुकी हुनु पर्ने समेत कार्यकारी निर्देशक श्रेष्ठले बताउनु भयो ।

कृषि क्षेत्रलाई मुल केन्द्रविन्दु बनाई स्थापना भएको यस संस्थाले सामूदायिक विकासका क्रियाकलापहरु भौतिक पूर्वाधार, खानेपानी स्वच्छता तथा सरसफाई, (WASH) स्वास्थ्य तथा पोषण सम्वन्धीको कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसै गरी संस्थागत विकास अन्तर्गत कार्यसमिती, पालीका स्तरीय समितीहरु तथा टुकी सदस्यहरुको क्षमता अभिबृद्धिका संचालन गर्दै आएको छ । यसै गरी संघले टुकी माटो परिक्षण प्रयोगशाला संचालन गर्दै आएको छ ।

२०४८ साल अषाढ ३१ गते स्थापना भएको यस संघले १४ बर्षसम्म स्विस सरकारको बित्तिय सहयोगमा आफ्नो क्रियाकलाप संचालन गर्दै आएको थियो । यसै गरी हाल फोरुट नर्वेको आर्थिक सहयोगमा सिविन नेपालसँगको सहकार्यमा ओसेली परियोजना संचालन गर्दै आएको छ । जुन कार्यक्रम हाल कालिञ्चोक गाउँपालीकाको वडा नं. १ देखि ४ सम्म र बीगु गाउँपालीकाकाको वडा नंं ४ देखि ८ सम्मलाई आफ्नो कार्यक्षेत्र बनाएर उक्त कार्यक्रम संचालन गर्दै आएको छ ।

यसै गरी एफ.ए.ओ. को प्राविधिक सहयोगमा नेपाल सरकारले संचालन गर्दै आएको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि कार्यक्रम फान्सेफ आयोजना संचालन गर्दै आएको छ । जुन कार्यक्रम तामाकोशी गाउँपालीका र कालिञ्चोक गाउँपालीकामा संचालन गर्दै आएको छ । यसै गरी दोलखा जिल्लामा संघसंगको साझेदारीमा सुआहारा कार्यक्रम पनी संचालन हुर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार